Friday March 21, 2025

गायक किसन राईको स्वरमा ‘साइॅली’ सार्वजनिक (भिडीयो सहित)

१० कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1427


गायक किसन राईको स्वरमा ‘साइॅली’ सार्वजनिक (भिडीयो सहित)

शीतलपाटीन्युज डटकम।
किसन राईको स्वरमा रहेको गीत ‘साइॅली’ सार्वजानिक भएको छ । डि. आर. अटुको शब्द तथा सङ्गीत र राजु कार्कीको एरेञ्ज, मिक्सिङ र माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

निर्मल कुमार  लामा (बिजी) ले निर्देशन गरेको गीतको भिडियोमा नायिका एलिसा राई र गायक किसन राईको अभिनय रहेको छ । लिम्दुनी क्रियसन रेकर्डिङ्गमा रेकर्ड गरिएको गीतको भिडियो किसन राई अफिसियल  ( Kisan Rai Official) बाट सार्वजनिक गरिएको हो।

पवन सुस्लिङको छायांकन, सम्पादन र कलरिङ रहेको भिडियोमा साइॅलीको  चल्चलेपन,सौन्दर्यता,जीवनशैली र युवाको साइॅलीप्रतिको आकर्षणलाई बिषय बस्तु बनाइएको छ ।

गायक किसन राईले २०२३ अक्टुबर  महिनामा  ‘यो मन मेरो दोमन भो’ नामको गीत र भिडीयो यहि च्यानल मार्फत सार्बजनिक गरेको थियो ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?