Friday March 21, 2025

रीह्याब स्पेसलिष्ट कुंवंर बेलायतमा

१२ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1219


रीह्याब स्पेसलिष्ट कुंवंर बेलायतमा

शीतलपाटीन्युज डटकम।

लण्डन। नार्कोनन् नेपाल लागु औषध दुर्ब्यसनी उपचार तथा पुनरस्थापना केन्द्र काठमाण्डौका संस्थापक,अमेरीकाको अन्तराष्ट्रीय नार्कोनन्का दक्षिण पुर्बि एसियाका प्रमुख तथा अन्तराष्ट्रीय फ्रीडम मेडल बिजेता रीह्याब स्पेसलिष्ट बसन्त राज कुवंर बिशेष कार्यक्रममा भाग लिने क्रममा हाल युकेमा हुनु हुन्छ। 

नेपालका कुवंर,लागु औषध (ड्ग्सको) उपचार तथा पुनर्स्थापनाको क्षेत्रमा अन्तराष्ट्रीय रुपमै बिशेषज्ञ मानीनु हुन्छ र उहाले अमेकीकाको नार्कोनन् अन्तराष्ट्रीयबाट अनुमती लिइ नेपालमा नार्कोनन् नेपाल नामक रीह्याब संचालन गरी रहनु भएको छ।जहा अन्तराष्ट्रीयबाट उपचार गराउन लागु औषधको समस्यामा परेकाहरु नेपालमा उपचारार्थ जाने गर्दछन्। युकेबाट पनि ड्ग्सको समस्यामा परेका ब्यक्तीहरु उहाको उपचार केन्द्रमा जाने गर्दछन्।

लागु औषधको समस्यामा संसारमा करीब ३२ करोड मानिस नराम्रो संग समस्यामा परेको बताइन्छ। तर अधिकांस केसमा यो समस्या हुदा परीबारले लुकाउने वा घरमै समस्या समाधान गर्छु भनी प्रयास गर्ने कारण समयमा उपचार नभै त्यस घरमा अपुरणिय क्षती भएको देखिन्छ ।

अन्तराष्ट्रीय रीह्याब स्पेससिष्टको डिग्री अमेरीकाबाट प्राप्त गर्नु भएका कुवंर अमेरीका तथा रुसबाट समेत ड्ग्सको ब्यबस्थापनमा बिषिष्ठ काम गरे बापत बिषेष पदक द्वारा सम्मानित हुनु हुन्छ। उहांले शीतलपाटीन्युज डटकम अनलाइनलाई दिनु भएको प्रतिक्रीयामा भन्नु भयो “घरमा लागु औषध ( ड्ग्सको ) समस्या जति लुकाइन्छ त्यति त्यो घरमा क्षति हुन्छ। उहा युकेमा रहदा सम्पर्कमा आएका परिवारहरुलाई निशुल्क परामर्स दिने गर्नु भयको छ। सम्पर्क गर्न चाहानु हुनेले शीतलपाटीन्युज डटकम र ०७४२७०२२९३१ सम्पर्क गर्न सक्नु हुनेछ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?