Monday November 04, 2024

बेलायतमा महाकवि देवकोटा जयन्ती भव्य मनाइयो

१२ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1077


बेलायतमा  महाकवि देवकोटा जयन्ती भव्य मनाइयो

शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके. द्वारा ११५औं महाकवि देवकोटा जयन्ती प्रवचन,गीतसङ्गीत प्रस्तुति,स्वागत सम्मान  र कविता वाचन कार्यक्रमहरू गरी भव्यरूपमा मनाइयो।

वयस्ट लन्डन एकटन स्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अथितिको आसनबाट समारोहलाई सम्वोधन गर्नुहुँदै परिषद्का पदेन संरक्षक महामहिम कार्यवाहक  नेपाली राजदूत विपीन दुबाडीले  नेपाली साहित्यलाई विश्वस्तरको मानकमा पुर् याउने काम महाकविले गरे जुन हाम्रा लागि गर्वको इतिहास हो भन्नु भयो । बेलायतमा नेपाली साहित्य विकास परिषद् युके ले यसरी  लामो समयदेखि विभिन्न साहित्यिक गतिविधिहरू गरेर नेपाली भाषा  साहित्यिको समृद्धिमा ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको छ भन्नुहुँदै कार्यवाहक राजदूत दुवाडीले साहित्य तथा सङ्गीत र प्रवचनको  मिश्रण रहेको आजको देवकोटा  जन्मजयन्ती कार्यक्रमले भावि पुस्तालाई समेत प्रेणा पुर् याउने कुरा चर्चा गर्नु भयो ।
समारोहमा परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष  डा.राघव प्रसाद धिताल ओबिई ले महाकवि लक्ष्मी प्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जस्ले भाषा साहित्यिको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तराष्ट्रीय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो। डा. धितालले बेलायतमा नेपाली भाषा साहित्य कला जस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नु भयो।
मन्तव्यका क्रममा प्रथम सचिव उद्वव न्यौपानेले भावुक हुदै महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रका विशिष्ट साहित्यकारहरूसँग तुलना गर्न र अरू ठूला देशहरू माझ गनिने गरेको छ भन्नुभयो।

सभापतिको आसनबाट वोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् युके ले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती लगायतका साहित्यिक गतिविधिहरू तिब्रगतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो। बेलायतमा नेपाली भाषा साहित्यिको विकासकालागि झण्डै तीन दशक अघि नेपाली साहित्य विकास परिषद् युके को स्थापना गरेर यहाँ रहेका सर्जकहरूलाई सिर्जन्शील र सक्रिय गराउन परिषद्का संस्थापक निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहको योगदान अतुलनीय रहेको छ भन्नुभयो साथै अध्यक्ष मल्लले महाकविको असिमित योगदानले नै आज नेपाली साहित्य विश्व स्तरमा गनिने गरेर उभिन सकेको चर्चा गर्नु भयो।

यस अघि स्वागत मन्तव्य राख्नु हुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष  कवि ध्रुव केसीले  बेलायतमा नेपाली भाषा साहित्यिको संरक्षण र सम्वर्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दैआएको  चर्चा गर्नुभयो। वरिष्ठ सह-अध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो।

कार्यक्रम सञ्चालन गर्नुहुँदै परिषद्का सह-अध्यक्ष साहित्यकार गोकुल भण्डारीले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेणा र उर्जा मिल्ने गरेको चर्चा गर्नु भएको थियो।

राष्ट्रीय गान,महाकविको तस्बिरमा माल्यार्पण र मंगल धुनबाट आरम्भ गरिएको समारोहमा परिषदका अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, डा राघव धिताल, कवि ध्रुव केसील् नेपाली राजदूतावासबाट विशिष्ट आतिथ्य ग्रहण गर्नु हुने महामहिम कार्यवाहक राजदूत विपीन दुवाडी, प्रथम सचिव उदव न्यौपाने र सैनिक सहचारी क.अनुप शाह र श्रीमती प्रार्थना शाहलाई ब्याज,खाता र पुष्प गुच्छाले स्वागत सम्मान गर्नु भएको थियो ।

समारोहमा सारङ्गी र मादलमा मङ्गल धुन तथा महाकविका रचानाहरूमा धुन र  द्यौसिभैली गीतहरु परिषद्का सल्लाहकार कोसेलीका संस्थापक अध्यक्ष वरिष्ठकलाकार मदन थापा, परिषद्का उपाध्यक्ष बसन्त रायक्षत्री तथा वरिष्ट कोषाध्यक्ष कलाकार  तथा कवि मनोज अन्जानबाट प्रस्तुत गरिएका थिए।

साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कवितावाचन गर्ने कविहरूमा बसन्त रायक्षत्री, ध्रुव केसी. उद्दव न्यौपाने, मनोज अन्जान, गेकुल भण्डारी र कोमल मल्ल हुनुहुन्थ्यो।

सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै  समारोहका सभापति अध्यक्ष कोमल प्रसाद श्रेष्ठमल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा.राघवप्रसाद धिताल OBE, डा. जनककुमारी धिताल, वरिष्ट सहअध्यक्ष ध्रुव केसी., सह अध्यक्ष गोकुल भण्डारी,सल्लाहकार एबीआई कलेजका  प्रोप्राइटर कृष्ण भट्ट,सल्लाहकार मदन थापा,उपाध्यक्ष बसऱ्ऱ्न्तराय क्षत्री,वरिष्ठ कोषाध्यक्ष मनोज अन्जान,पूर्व कार्यकारिणी  सदस्य ज्ञानेन्द्र राउत, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्ल सितू खरेलमा धन्यवाद  ज्ञापनगर्नु भयो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?