१९ कार्तिक, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको रेडिङ्गमा बिगत दुई दशक देखि सामाजिक कार्यमा सक्रिय सामाजिक ब्यक्तित्व कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनुभएको छ। ३१ अक्टोवर २०२४ का दिन रेडिङ्गवरो काउन्सिलमा मेयर Glenn Dennis बाट कृष्ण न्यौपाने ‘लाइफटायम एचिभमेन्ट कम्युनिटि अवार्ड’बाट सम्मानित हुनु भएको होl समुदायका जल्दाबल्दा मुद्दाहरु र स्थानीय बिकाससंग प्रत्यक्ष सरोकारराख्ने क्षेत्रमा महत्वपुर्ण र दरिलो योगदान पुर्याएका व्यक्तिले यस्तो अवार्ड प्राप्त गर्ने गर्छन l उक्त कम्युनिटी अवार्ड कार्यक्रमको संचालन तथा समन्वय रेडिङ्ग स्थित ‘एकता र जातीय समानताका लागि गठबन्धन’ भन्ने संस्थाले गरेको थियो । यस कार्यक्रममा बिबिध विधामा २० व्यक्तित्वहरुलाई कम्युनिटी अवार्डबाट सम्मानित गरिएको थियो।
कृष्ण न्यौपाने रेडिङ्ग क्षेत्रमा एक परिचित नाम हो,उहाले ग्रेटर रिडिङ नेपाली समाजको अध्यक्षको नेतृत्व समेत गरि सक्नु भएको र हाल उहाँ सल्लाहकार हुनुहुन्छ। उहाँ सङ स्थानीय समुदायसंग रहेर धेरै लामो समय सम्म सामुदायिक अनुसन्धान कार्य,तालिम संचलान,स्वास्थ्य, खानपान,वातावरणमा काम गरेको अनुभव छ। स्थानीय समुदायका आवाज, जल्दाबल्दा मुद्दा स्थानीय सरकार,राष्ट्रिय स्वास्थ्य सेवा, अनुसन्धानमा कार्यरत निकायहरु समक्ष उजागर गर्ने गर्नुहुन्छ l यसअघि स्थानीय च्यारिटेवल संस्थाहरुमा रहेर ‘हेड अफ ट्रष्टि’,कार्यक्रम निर्देशकको भूमिका निभाइसक्नु भएको छ।
विश्व पर्यावरणिय परिवर्तनबाट मानव र वातावरणमा पर्दै गएको प्रत्यक्ष नकारात्मक असर सच्याउने अभियान र कार्यमा मात्र केन्द्रित नभएर स्थानीय स्तरमा देखापरेको वातवरणिय असरलाई कसरी सदुपयोग गर्न सकिन्छ त्यसतर्फ खोजीकार्य हुनु पर्ने उहाँ बताउनु हुन्छl नयाँ प्रजातीका बोटबिरुवाहरु जस्तै: फूल,जडिबुटि,तरकारी सम्बन्धि अनुसन्धान र बिस्तार कसरी गर्न सकिन्छ यसतर्फ केहि कामगर्ने मन भएको समेत उहाले बताउनु भयो ।
यसैबिच हाल उहाँ रेडिङ्ग युनिभर्सिटिमा (आंसिक रुपमा ) सामुदायिक अनुसन्धानकर्ताको भूमिकामा रहेर काम गर्दै आउनु भएको छ। यसअघि एकिकृत अनुसन्धान तथा बिकास केन्द्र, युके सिआईसि संस्थाको स्थापना र कार्यक्रम बिस्तारमा उहाँको अग्रणी भूमिका रहेको थियो र यो संस्थाले ईसं २०१३ देखि वर्कशायरको रेडिङ्गमा बिभिन्न कार्यक्रम बिस्तार तथा फोहरमैला व्यवस्थापनमा कामगर्दै आएको छ। उहाँको स्थानीय समुदायसंग काम गर्दाको अनुभव समेत समेटिएको ‘मानव शरीर, खानपान र व्यायाम’ नामक एक पुस्तक प्रकाशित गर्नु भएको छ।
(उज्यालो समाचार डटकम)
Saraswati Neupane
Feel very good and proud of him