Tuesday December 10, 2024

बेलायतको कोभेन्ट्रीमा नेपाली समाजको तिहार भब्य

२१ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1187


शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतको कोभेन्ट्री शहर, जहाँ ठूलो संख्यामा नेपालीहरूको बसोबास छ, यसपटकको तिहार विशेष रुपमा मनाइयो।”कोभेन्ट्री नेपाली समाज” (Coventry Nepali Samaj) को अगुवाइमा भव्य देउसी भैलो कार्यक्रम सम्पन्न भयो। जसले यहाँ रहेका सबै नेपालीहरुलाई आफ्नो संस्कृति र परम्परासँग जोड्न अवसर प्रदान गर्यो।


तिहारको पहिलो दिनदेखि नै कोभेन्ट्रीमा नेपालीहरुले परम्परागत कर्महरू पूरा गरेका थिए। भाइटीकाको दिन दाजुभाइको निधारमा टिका लगाई मखमली,सयपत्री फूल र ओखरको साथमा आर्शिवाद दिएर मनाइयो। दिदिबहिनिको मायाले दाजुभाईको मृत्यु समेत टर्दछ भन्ने विश्वास गरिन्छ। माया सद्भाव भातृत्व कायम रहिरहोस भन्दै आरोग्य र दिर्घायुको कामना गर्दछन्। 

नेपालीहरुले यति टाढा भए पनि आफ्नो मौलिकता र संस्कारलाई निरन्तरता दिन कुनै कसर बाँकी राखेनन्।
विशेष कार्यक्रमको रुपमा कोभेन्ट्री नेपाली समाजले आयोजना गरेको देउसी भैलोले कोभेन्ट्रीमा रहने नेपाली समुदायलाई अझै नजिक ल्याउने काम गर्यो। समाजका अध्यक्ष सन्तोष रेग्मीले यो अवसरमा सहभागि सबैलाई धन्यवाद दिदै नेपाली परम्परा र संस्कृति संरक्षणमा समाज सदैव कटिबद्ध रहने प्रण गर्नुभयो। देउसी भैलोमा गीत-संगीत,नृत्य र हाँसोले भरिपूर्ण रमाइलो वातावरण बन्यो। जसले नेपाली संस्कारको मिठास यहाँका नयाँ पुस्तालाई पनि अनुभव गरायो। (Coventry Nepali Samaj)कभेन्ट्री नेपाली समाजले देउसी भैलो खेल्न दुई समूह बनाएको थियो,ताकि सकेसम्म धेरै घरमा पुग्न सकियोस्।

अन्त्यमा,टीकाको दिन “Coventry Culture Society” ले पनि नजिकैको RoseBud Cafe मा खुल्ला देउसी भैलो आयोजना गरेको थियो,जहाँ पनि निकै रमाइलो माहोल बन्यो। विभिन्न घरमा खेलेको देउसी भैलोका भिडियो फुटेजहरू संकलन गरेको छु, जसलाई म विस्तारै सम्पादन गरी क्रमिक रूपमा पोस्ट गर्दैछु।

यसरी परदेशमा पनि हाम्रो संस्कृतिको संरक्षणमा सबैजना योगदान गर्दै छन्, जुन अत्यन्तै प्रशंसनीय छ। यो किसिमको सांस्कृतिक कार्यक्रमले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो जरा सम्झाउने मात्र होइन,आफ्नो पहिचानलाई जोगाई राख्न मद्दत पनि पुर्याउँछ। कोभेन्ट्री नेपाली समाजको प्रयासबाट यो तिहार निश्चय नै सबैको लागि अविस्मरणीय रह्यो। यसले नेपाली संस्कृतिलाई विदेशमा समेत जीवन्त बनाइराख्न प्रेरणा दियो।
(रमेस खनालको फेसबुकबाट)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?