Tuesday December 10, 2024

त्रिभुवन विमानस्थल काठमाण्डौ निर्माणका लागि आजैदेखि दैनिक १० घण्टा बन्द हुने

२३ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1133


त्रिभुवन विमानस्थल काठमाण्डौ निर्माणका लागि आजैदेखि दैनिक १० घण्टा बन्द हुने

शीतलपाटीन्युज डटकम।
२३ कात्तिक २०८१ – काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजैदेखि दैनिक १० घण्टा बन्द गर्न लागिएको छ ।
विमानस्थलको धावनमार्ग विस्तार,ट्याक्सी वे,पार्किङ वे लगायत काम गर्नुपर्ने भएकाले शुक्रबारदेखि आगामी पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
विमानस्थल कार्यालयका अनुसार २३ कात्तिकदेखि १८ चैतसम्म राति १० बजेबाट बिहान ८ बजेसम्म यस विमानस्थल बन्द हुने छ। यसअघि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ बजेदेखि राति २ बजेसम्म खुल्ने गरेको थियो।
गर्मीयाममा काम गर्न नसकिने, त्यसैबेला वर्षा पनि हुने भएकाले अहिले कात्तिक महिनादेखि नै विमानस्थल स्तरोन्नतीको काम सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले यस्तो जानकारी दिएका हुन्।

महानिर्देशक अधिकारीका अनुसार विमानस्थलको रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउन लागिएको हो। प्राधिकरणका अनुसार तीन निर्माण व्यवसायीले धावन मार्गको उतर–दक्षिणतर्फ जोडिएका चारवटा ट्याक्सी–वे भत्काउने,पुनर्निर्माण गर्ने, धावनमार्गसँग जोड्ने, स्तरोन्नति गर्ने,नयाँ एप्रोनसँग जोड्नेलगायत काम गर्नेछन् ।
विमानस्थलको गुरुयोजना अनुसार स्तरोन्नतिका लागि हाल १५ अर्ब रुपैयाँ लागतमा तीनवटा फरक/फरक विदेशी निर्माण व्यवसायीहरूले काम गर्दै आएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक मात्र धावनमार्गको दुवै बिन्दुमा भइरहेको निर्माण कार्यका कारण गत १९चैतदेखि बौद्धतर्फको उत्तरी बिन्दुबाट विमान अवतरणमा निषेध गरिएको छ।

काठमाडौं विमानस्थल रातिको समयमा बन्द हुने भएसँगै अहिले धमाधम वायुसेवा कम्पनीहरूले पनि आफ्नो निर्धारित उडान तालिका परिमार्जन गरेका छन्। स्तरोन्नतिपछि विमानको आउजाउ तथा एयर ट्राफिकमा धेरै सुविधा हुने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?