Tuesday December 10, 2024

लण्डनमा बेलायत र नेपालका सांसद लगायत २०० को समुहले दिवंगत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण

२५ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1157


लण्डनमा बेलायत र नेपालका सांसद लगायत २०० को समुहले दिवंगत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतस्थित नेपाली समुदायले पहिलो र दोश्रो विश्वयुद्धमा सहादत प्राप्त गरेका सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् ।

शनिबार नेपालीको राजधानी मानिने र नेपालीहरु उल्लेख्य बसोवास रहेको अल्डरसटमा ‘रिमेम्बरेन्स डे परेड’ आयोजना गरि श्रद्धान्जली अर्पण गरीयो।


ग्रेटर रसमोर नेपलिज कम्युनिटी र गोर्खा मेमोरियल प्रोजेक्ट टिमको सक्रियतामा भएको उक्त परेडमा स्थानीय बेलायती सांसद अलेक्स बेकर,नेपालका संघीय सांसद एलपी सांवा लिम्बु,रसमोर मेयर मारा माकुनुरा, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर,ग्रेटर रसमोर नेपलिज कम्युनिटी अध्यक्ष मन गुरुङ,शिव मन्दिर अल्डरसटका अध्यक्ष विक्रम भट्टराई लगायत गोर्खा सैनिक र स्थानीय नेपाली अगुवाहरु २०० जनाको सहभागीता थियो॥

परेडको आयोजना गर्दै सो समुहले प्रिन्सेस गार्डेनस्थित पहिलो भिसी कुलवीर थापाको सालिकमा रिथ पुष्पगुच्छा अर्पण गर्दै समस्त दिवगंत सैनिकहरुप्रति श्रद्धान्जली अर्पण गरेका थिए।

सालिकमा रिथ चढाउनु अघि शिव मन्दिरका मूल पण्डित र बीसीसी यूकेका बौद्ध गुरुद्वारा स्वस्ती मन्त्र उच्चारण गरिएको थियो। बेलायतसहित कमनवेल्थ मुलुकमा ११ नोभेम्बरलाई ‘रिमेम्बरेन्स डे’ का रुपमा मनाउने प्रचलन छ । यसलाई ‘पप्पी डे’ पनि भनिन्छ। सो ११ गते गरिने कार्यक्रमलाई नेपाली समाजले ९ नोभेम्बर मै मनाएको हो।

प्रथम विश्वयुद्ध अन्त्यपछि सन् १९१८ नोभेम्बर ११ का दिन ११ बजे रिमेम्बरेन्स सन्डे मनाउन थालिएको हो। यो प्रत्येक वर्ष नोभेम्बरको दोस्रो आइतबार पर्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?