Saturday October 23, 2021

कसले मार्ला बाजी ? नेपाल र भुटान भिड्दै

२१ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 2835



शीतलपाटीन्युज डटकम, काठमाडौँ ।

बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २(१ गोलअन्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध जितको विकल्प नभएको बताए ।

‘मैले हावादारीमा भनेको होइन बंगलादेश, भुटान यी दुई वटै टिमलाई जुनसुकै समयमा जित्न सक्ने क्षमता नेपाली खेलाडीमा छ । तर, एट्याकिङ लाइनमा सुधार्नु पर्छ । हामीलाई जित्नुको कुनै विकल्प छैन ।’

त्यसो त, नेपाली फुटबल टिमका कप्तान विराज महर्जन पनि भुटानलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावनालाई जिवितै राख्ने बताउँछन् । ‘पाकिस्तानसँग भएको गल्ती सच्याएर हामी आगामी दुवै खेल कसरी हुन्छ जित्ने लक्ष्यमा छौ ।’

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २(० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३(१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ र त्यही अनुसारको नतिजा निकाल्ने रणनीतिमा रहेको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?