Saturday March 22, 2025

चर्चित डान्सर अस्मिताको बिदाई कार्यक्रम धुमधामले सम्पन्न

२७ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1621


चर्चित डान्सर अस्मिताको बिदाई कार्यक्रम धुमधामले सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। गत ८ नोभेम्बर २०२४ शुक्रबार  सांझ चर्चित नेपाली मोडल तथा डान्सर अस्मिता रानाको बिदाइ कार्यक्रम ठमेल दोहोरी साँझ,अल्डरसट युकेको हलमा भएको थियो । रानाको बिदाइ तथा भेटघाट कार्यक्रममा सय जना बढीको बाक्लो उपस्थिति रहेको थियो।

अस्मिता करिब पाँच महिना अगाडि सांस्कृतिक कार्यक्रमको सिलसिलामा युके आई पुगेकी थिइन्। युके बसाई अवधिभर नेपालीहरु बिच उनले   करिब ६ दर्जन बढी कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिई  फर्किन लागेकी हुन् । 

भेटघाट तथा बिदाइ कार्यक्रममा राङभाङ समाज युकेको अध्यक्ष शारदा गुरुङले नेपाली भाषा संस्कृतिको महत्वबारे बोल्दै अस्मिताको कलाको प्रशंसा सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो। साथै कोल्मा बाहकोट समाज यूकेका अध्यक्ष चन्द्र बहादुर गुरूड्गका साथै साहारा यूकेका अध्यक्ष कृष्ण गुरूड्गले पनि शुभकामना दिनु भएको सो कार्यक्रममा स्याङ्जा समाजका संरक्षक डेभिड गुरुङ्ग र रिटायर्ड मेजजर कुमार गुरुड्गले कार्यक्रममा बोल्दै शुभकामना सहित धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रम व्यवस्थापन कोल्मा बहाकोट समाज युकेले गरेको थियो भने कार्यक्रम सञ्चालन सोही समाजको महासचिव मदन राना र मधुसूदन थापाले गरेको थिए। कार्यक्रममा गायिका भबी थापा,गायक मधुसूदन थापा र सन्तोष पुन आफ्नो गीत मार्फत मनोरञ्जन दिएका थिए भने अस्मिता रानाले पनि आफ्नो सुन्दर नृत्य प्रस्तुत गरि मनोरञ्जन दिएकी थिइन् । 

साँझ ७ बजेदेखि सुरु भई झन्डै पाँच घण्टासम्म चलेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु  लगायत् एक सय बढी व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । 


कार्यक्रमको अन्त्यमा  अस्मिता राना भावुक हुंदै  सम्पूर्ण युकेवासीले दिएको साथ,‌सहयोग,मांया र हौसलाको लागि  साथै  कार्यक्रम सफल पारिदिनु हुने सबैलाई  धन्यबाद ज्ञापन गरेकी थिईन्। गैर आवासीय नेपालीहरूले कला संस्कृतिको विकास तथा विश्वव्यापीकरणमा पुर्‍याएको योगदानको चर्चा गर्दै आफुले सक्ने कला क्षत्रमा सहयोग गर्ने प्रतिबद्दता जनाएकी छिन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?