Friday February 07, 2025

नेपाल फुड्सका उत्पादनहरु जापानमा पनि उपलब्ध

२८ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1266


नेपाल फुड्सका उत्पादनहरु जापानमा  पनि उपलब्ध

GNNNEWS-

टोकियो। लन्डनस्थित कम्पनी नेपाल फुड्सले आफ्ना उत्पादनहरु अब जापानमा समेत उपलब्ध गराउन शुरु गरेको छ। नेपाली उत्पादनहरु वाइवाइ चाउचाउ,नेपाली बियर, जुस,निम्की,अचार,कफी,चिया,दालमोठ  लगायत दर्जनौं नेपाली सामान जापानको बजारमा उपलब्ध हुन थालेको हो।

सोमबार जापानको राजधानी टोकियोमा आयोजित एक समारोहबीच जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ति उत्पादनहरु सार्वजनिक गरे।

मन्तव्यका क्रममा राजदूत सुवेदीले आफू बेलायतमै राजदूत हुंदा नेपाल फुड्सका उत्पादनहरु विशिष्ट पाहुनाहरुलाई उपहार दिने गरेको स्मरण गर्दै अब जापानमा समेत नेपाली मौलिक उत्पादनले बजार पाओस् भन्ने शुभकामना दिए।

राजदूत डा. सुवेदीले नेपाली उत्पादन जापानको बजारमा निर्यात गर्न सके नेपाल र नेपालीका लागि आर्थिक टेवा पुग्ने समेत बताए। पूर्ण ट्रेडिङ कम्पनी जापानले नेपाल फुड्सका खाद्य तथा नेपाली बियरलाई जापानमा वितरण गर्नेछ।

नेपाल फुडसका सिइओ विकास नेपालले जापानको बजार ब्यवस्थापन र आपूर्तिमा विशेष ध्यान दिंदै जापानी बजारमा नेपाली मौलिक उत्पादन उपलब्ध गराइने जनाए।

पूर्ण ट्रेडिङ कम्पनीका सिइओ टिका श्रेष्ठले आफ्नो कम्पनीले जापानको कामतामा लामो समय अगाडिबाट नेपाली उत्पादन विक्री वितरण गर्दै आएको जनाउंदै अब नेपाली बियर र नेपाल फुड्सका उत्पादन थपिएको उल्लेख गरे।

कार्यक्रममा एनआरएनए आइसीसी उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, नेपाली व्यवसायी संघ जापानका अध्यक्ष बिजेश थकाली,नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवल चन्द्र लामा,नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी लगायत जापानमा रहेका नेपाली व्यवसायी एवं अभियन्ताहरुको उपस्थिति थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?