Thursday January 16, 2025

सहारा यूकेले २१ डिसेम्बरमा साधारणसभा र क्रिसमस डे मनाउदै

२८ कार्तिक, २०८१ शीतलपाटीन्युज डटकम। 1172


सहारा यूकेले २१ डिसेम्बरमा साधारणसभा र क्रिसमस डे मनाउदै

शीतलपाटीन्युज डटकम।
लन्डन। खेलकुद, शिक्षा, स्वास्थ्य , समाजजसेवा समर्पित सहारा यूकेको नियमित बैठक अल्डरसटको ठमेल रेस्टुरेन्टमा सम्पन्न भएको छ। १० नोभेम्बर २०२४ मा भएको बैठकमा संस्थाले गरेका गतिविधि र भावी योजनाबारे छलफल तथा समीक्षा गरेको थियो। बैठकले २१ डिसेम्बरमा  स्यान्डहर्स्टमा वार्षिक साधारणसभा र क्रिस्मस पार्टी गर्ने तयारी पनि गरेको बताएको छ । 

संस्थाका अध्यक्ष कृष्ण गुरुङको अध्यक्षतामा बसेको बैठक कार्यवाहक महासचिव मनोज गुरुङले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । 
सुरुमा १ मिनेट मौन धारण गरिएको सो सभामा उपाध्यक्ष शारदा गुरुङले स्वागत मन्तव्य राख्नु भयको थियो। सो अवसरमा बेजिड्गस्टकका ब्यवसायी बल थापा र गोर्खा किचन अलडरसटका प्रोपाईटर भिम गुरुड्गलाई नया सदस्यमा संस्थामा औपचारिक रूपमा स्वागत गरिएको थियो। त्यस्तै,नेपासबाट आएका अतिथी गायक राजन गुरुङलाई पनि स्वागत गरिएको थियो।

सो सभामा अध्यक्ष गुरुङले यस वर्षको संस्थाको हालसम्मको गतिविधिबारे अपडेट गराएका थिए। आर्थिक बिबरण कोषाध्यक्ष कुमार थापाले प्रस्तुत गरेका थिए। सो अवसरमा कोषाध्यक्ष थापाले साहारा युकेका शुभचिन्तक तथा क्यान यूकेका डाइरेक्टर युनिभर्सिटी प्रोफेसर डा. बलराम ढकालले  संस्थालाई  हालसम्म ४०० पाउन्ड र ५ वटा फुटबल सहयोग प्राप्त भएको बताइयो। सो अवसरमा ढकालले साहाराको सामाजीक काममा अझै पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

ठमेल रेष्टुरेन्ट अल्डरसटमा ३० जना साहारा युकेका सल्लाहाकारहरु, पुर्व अध्यक्षहरु,कार्यसमिती सदस्यहरूको उपस्थिति रहेको सो बैठकमा अध्यक्ष गुरुङले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेका थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?