२८ कार्तिक, २०८१
आर के त्रिपाठी लेख्छन्-
ट्रम्पले आज अलान मस्कलाई राष्ट्रिय र अन्तराष्ट्रिय खर्च कटौति गर्ने विभागको प्रमुख पदमा नियुक्त गरे।यो विभाग अमेरिकी सरकारको सबैभन्दा महत्व राख्ने विभागमा पर्छ।
हो,अलान मस्क अमेरिकी चुनाबको बेला ट्रम्पको प्रमुख क्यामपेनर थिए। चुनाब खर्च ५०० मिलियन डलर दिए।अरु व्यापारी जम्मा गरे।विलियन डलर भन्दा बढि Trump लाई चुनाब खर्च जुटाई दिए।Trump को चुनाबि Campaign को लागी १० वटा जहाज ५ महिनाको लागी चार्टर गरिदिए।विश्व राजनिती हेर्दा जसले चुनाब जिताउन सहयोग गरे,जसले लामो समय देखि अमेरिकी राष्ट्रपतिमा पुःन Trump को विकल्प छैन भने, उनै अलान मस्कले प्रमुख पदमा नियुक्ति पाउनु स्वभाविक छ।जायजै छ।संसारभर यस्तै हुन्छ। तर शंका के गर्न सकिन्छ? भने अलन मस्कले संयुक्त राष्ट्र संघ,युक्रेन,इजरायल,NATO र अन्य विश्व विकाशको लागी दिईरहेको खर्च Deep Analysis नै काटी दिए भने यहाँनिर समस्या उत्पन्न हुन्छ।यसले विश्व राजनिती लाई ठूलै प्रभाब पार्नेछ।
अब अलिकति अलान मस्क को कुरा गरौं। केहि महिना अगाडी बेलायतमा Far Rightist को आप्रवासि खेद,आप्रवासी लाई बस्न नदेउ भन्ने रंगभेदी आन्दोलन Far Rightist हरुले चलाए।केहि मानिस मरे।बेलायतको रोड र भवन जले।आप्रवाशीको पसल,सटर जलाईयो।त्यो बेला अलान मस्कले के भने भने बेलायतमा Far Rightist ले गरेको आप्रवाशी खेद भन्ने आन्दोलन ठिक छ।मेरो समर्थन छ भने।बेलायतको Road अझै जल्नु पर्दछ भने। अमेरिकमा पनि भविष्यमा त्यहि हुनेछ भने/ अलान मस्कको यो Statement को सर्वत्र विरोध भयो।भलै बेलायत सरकारले SMART ROLE लिएकोले Far Rightist हरुको आप्रवाशी खेद आन्दोलन तुहियो वा निस्तेज भयो।यो कार्य गरेकोमा बेलायतको प्रधानमन्त्री Kier Starmer लाई धन्यवाद दिन चाहन्छु ।
मलाई लाग्दछ,अलान मस्कको यो गतिविधी हेर्दा Trump को कार्यकाल सकिय पछि अलान मस्क Republican पार्टीबाट अमेरिकमा राष्ट्रपति उठ्नेछन्।Trump को यो नियुक्ति त्यसैको तयारी हो जस्तो लाग्छ।
अब अलान मस्कले संयुक्त राष्ट्र संघ,NATO, लाई कि मैले भनेको मान् ,नत्र खर्च कटौति गरि दिनेछु भनि धन्क्याउने छन्।शक्ति आर्जन गर्दै लानेछन्।यो कार्यले उता अमेरिकाको Europe Union राज्य संग विस्तारै संबन्ध विग्रदै जानेछ।यस्तो अवस्थामा Russia को EU राज्यमा Encrochment,Advancement बढ्नेछ।यस अवस्थामा Russia Ukrane युद्ध Russia - Europe Union युद्धमा विस्तारै परिणत हुन सक्छ।यसको असर विश्वमै पर्नेछ।
अव एकछिन हिजो मात्र Trump ले नियुक्त गरेको प्रमुख सुरक्षा सल्लाहकार बारे चर्चा गरौं/ट्रम्पले चीनको कट्टर आलोचक माइक वाल्ट्जलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरे।माइक वाल्ट्ज अमेरिकी सुरक्षा नितिको लागी ताइवानलाई हतियार उपलब्ध गराउनुपर्ने,प्रशान्त क्षेत्रका देशहरुलाई अमेरिकी सहयोगप्रति आश्वस्त बनाउनुपर्ने,विमान तथा पानीजहाजको आधुनिकीकरण गर्नुपर्ने विषयमा लामो समय देखि वकालत गर्ने पात्र हुन्।
माइक वाल्ट्ज चिनको कट्टर आलोचक मात्र होइनन् ,उनि सेनाआधुनिकीकरण,युद्ध हतियार उत्पादन र क्षेत्रिय सहयोग विस्तार गरि अमेरिकाको सुप्रेमेसि कायम गर्नु पर्छ भनि वकालत गर्ने पात्र हुन्।
माइक वाल्ट्जको सल्लाह सुरक्षामा बजेट कटाउने,घटाउने भन्दा पनि बढाउन केन्द्रित हुनेछ।माइक वाल्ट्ज युक्रेन र इजरायललाई दिईरहेको युद्ध पोत,Fighter Plane, आधुनिक क्षेप्यास्त्र अझै बढाउनु पर्दछ भन्ने पात्र हुन्।Trump ले मलाई अमेरिकी जनताले चुनाबमा भोट दिई जिताय भने ४८ घण्टामा Russia Ukrane युद्ध हल गरिदिन्छु भनि भोट मागेका थिय तर Trump को सुरक्षा सल्लाहकारमा माइक वाल्ट्जको नियुक्तिले Trump बाटो बिराई रहेछन् भन्ने संकेत गर्दछ/नेता र नेतृत्व सफल बनाउन सल्लाह कारको सल्लाह प्रमुख हुन्छ।
नेताहरुले सल्लाहकार नियुक्ति गर्दा बढो सोचविचार राखेर गर्नु पर्दछ।नत्र यसले देश, नेता,नेतृत्व र पार्टीलाई नै कमजोर बनाउँछ। संसारको नेता,नेतृत्व,पार्टी र देश कमजोर भएको विगत नियाल्दा यस्तै भन्न सकिन्छ।
Trump जे गरुन,हाम्रो हातमा भएन तर नेपालको ठूला पार्टिहरु र शाषकको बुद्धि चाहिं कुनै पनि नियुक्ति गर्नु अघि गहिरो ध्यान जाओस।
जे होस,अलान मस्क ठूलो ब्यापरि व्यवशायी हुन।उनी अब व्यापार मात्र हैन,विश्व राजनितीमा प्रभाव जमाउन चाहन्छन् । धम्क्याउन चाहन्छन्।४ बर्ष पछि अमेरिकाको राष्ट्रपति हुनेछन्।अमेरिकामा व्यापारीहरु मात्र शक्तिशालि हुनेछन्।यसले विश्वको प्रजातन्त्र, शान्ती,मानब अधिकार र दिगो बिकाशलाई प्रभाव पार्नेछ।
Trump र अलान मस्क यस्तै महत्वकांक्षा राखि अघि बढे भने विश्वको लोकतन्त्र कमजोर हुनेछ।lयो महत्वकांक्षाले भविष्यमा विश्व राजनिति ध्रुविकरण भई अमेरिकी गृह युद्ध र विश्वयुद्ध पनि निम्त्याउन सक्छ।
मैले न ट्रम्प बनाएको हुँ,न ट्रम्पलाई रोक्न सक्छु,केबल स्वतन्त्र बिश्लेषण मात्र गरेको हूं।