Friday February 07, 2025

प्रचण्डले चाइना कार्ड भन्दा नेपालको शिर निहुरियो-आर के त्रिपाठी

१ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1333


प्रचण्डले चाइना कार्ड  भन्दा नेपालको शिर निहुरियो-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् -
प्रचण्डले The Hindu मा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छl कहिले India Card त कहिले China Card भन्नुले नेपाल र नेपाली जनता अझै पनि सार्वभौम र स्वतन्त्र नभएको भनि ठान्नु हो। आफूले विदेशी हस्तक्षेप स्विकार गर्नु हो।आन्तरिक असन्तुष्टिलाई देखाएर छिमेकी सँगको सम्बन्ध बिगार्न हुँदैनlचीन र भारत दुवै मुलुकसँग हाम्रो सम्बन्ध राम्रो हुनुपर्छ।केही समस्या उत्पन्न भएका होलान तर संबन्ध सुधार गर्ने प्रयत्न गर्नु पर्दछ।तर त्यसैलाई लिएर मित्रता,सहयोग र सद्भाव खलबल्याउनु हुँदैन।

देशको विदेश निती स्थिर र सन्तुलित हुनु पर्दछ।हामीले सत्ता स्वार्थ लाई हेरेर कहिले यसको नजिक र कहिले उसको नजिक हुने गरि  व्यवहार र संधी,संझौता गर्नु हुँदैन।भारत,चिन अमेरिका र यूरोप युनियन भ्रमण अगाडी देशभित्र बृहत छलफल,तयारी गरि M0U गर्ने विषयमा भ्रमण पूर्व तयारी गर्नु पर्दछ।

पूर्व-प्रधानमन्त्री प्रचण्डले The Hindu पत्रिकामा दिएको आन्तरवार्ता नियाल्दा ओलीले चिन भ्रमणमा China कार्ड खेल्न सक्छन् भन्नु कुटनैतिक मर्यादा विपरित र खेदजनक छ।आन्तरिक विवाद आफ्नो ठाउँमा छ तर छिमेकसँगको सम्बन्धलाई असर गर्ने गरी अभिव्यक्ति दिनु हुँदैन।प्रधानमन्त्रीको औपचारिक भ्रमण जुनै देशबाट सुरु गरे पनि हुन्छ तर अन्य छिमेकी देश चिड्याउने गरि सन्धी,संझौता गर्नु हुँदैन।

China ले BRI मा पुःन संसोधित MOU गर्न  चाहेको बुझेको छु।यसमा नेपालले तयारी विना आम राजनैतिक,संसदिय समझधारी नगरी BRI मा Agreement गर्नु  हुँदैन।दुवै छिमेकी मुलुक समान महत्त्वको भएकाले मित्रवत् सम्बन्ध विस्तार गर्नु पर्दछ।छिमेकी मध्ये एक संग नजिकको सम्बन्ध राख्दा आफूलाई राम्रो मान्छन् वा आफूलाई विश्वास गर्छन् वा आफ्नो सरकार जोगाई दिनेछन् भन्ने गलत भ्रमबाट नेताहरू मुक्त हुनुपर्दछ।नेपालको हितमा प्रयोग गर्न सक्नुपर्छ।

भारतसँग ऐतिहासिक,सांस्कृतिक,भावनात्मक सम्बन्ध बढी गाढा छ।चीनबाट आर्थिक सम्भावना बढी छन्।दुबै  मुलुकसंग पञ्चशिलको आधारमा सन्तुलित व्यवहार गर्न सक्नु पर्दछ।पूर्व प्रधानमन्त्री प्रचण्डले आन्तरिक रूपमा असहमति जे सुकै भए पनि त्यसरी बाहिर गएर कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिनु शोभनीय भएन।

आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई विदेश सँगको सम्बन्धमा गाँसेर कुरा गर्नु हुँदैन।यस्ता अभिव्यक्तिले कूटनैतिक सम्बन्धमा फरक पार्छ।हाम्रा दुवै छिमेकी र अन्य मित्रराष्ट्रहरूले पनि हामीलाई हेर्ने दृष्टिकोणमा विश्वासको संकट पैदा गर्छ। सरकारले दुवै देशसँगको सम्बन्धमा परिपक्वता देखाउन सक्नुपर्छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?