Friday February 07, 2025

नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

२ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1445


नेपाली पाठशाला समुदघाटन सहित भब्य रुपमा संचालन ।

शीतलपाटीन्युज डटकम।
कार्डिफ,वेल्स यूके। नेपाली समाज वेल्स,यूकेले नेपाली पाठशाला समुदघाटन सहित संचालनमा ल्याएको छ। १६ नोभेम्बर २०२४, शनिवारका दिन वेल्सको राजधानी कार्डिफमा भब्य समारोहका साथ नेपाली पाठशाला शुरुवात गरिएको छ। विभिन्न परिबेशले आफ्नो मातृभूमि छोडी बिदेशिनु परे पनि आफ्नो कला, संस्कृति र भाषालाई जगेर्ना गर्दै पुस्तौ पुस्ता सम्म नेपाली संस्कृति पुस्तान्तरण गर्ने अभिप्रायका साथ संचालनमा ल्याईएको नेपाली पाठशालामा साना बाबु नानीलाई नेपाली बोल्न, लेख्न, नांच, गान एवं रहन सहन सम्बन्धि ज्ञ्यानहरु सिकाउने प्रमुख लक्ष्य रहेको छ। 
 
संस्थाकी सचिब श्रीमती शोभा राणा पोखरेलले उपस्थित सबैलाई सहभागिताको लागि धन्यवाद दिदै शुरु गर्नुभएको समुदघाटन कार्यक्रममा संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समुदघाटन गर्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रमका संयोजक सह-सचिब डा बिकाश रानाभाटले नेपाली पाठशाला किन भन्ने बारे जानकारी गराउंदै यसको महत्व बारे प्रकाश पार्नु भएको थियो। नेपाली पाठशाला कार्यक्रम संयोजन समितिका प्रतिनिधि डा.थानेस्वोर पाण्डेले सरस्वति पुजाका साथ सबैलाई स्वागत एवं उतरोत्तर प्रगतिको कामना गर्नुभयो। त्यस्तै गरि कार्यक्रम संयोजन समितिका अर्का प्रतिनिधि श्री राम दत्त मिश्रले साना बाबु नानीहरुको परिचय सहित कक्षा शुभारम्भ गर्नुभयो। 

पाठशाला संचालनका लागि पाठ्य सामग्रीहरु तयारी तथा ब्यबस्थापनमा संस्थाका पुर्ब सचिब डा अमर धोज मल्ल र उपाध्यक्ष श्री पदम पुन, कोषाध्यक्ष श्री सन्जिब मैनालीका साथ पाठशाला संयोजन समितिले बिशेष भूमिका रहेको छ। कार्यक्रममा उपाध्यक्ष पुनले कक्षामा सामेल बालबालिकाहरुलाई पाठ्य सामग्रीहरु निशुल्क हस्तान्तरण गर्नुभयो।  

संस्थाकी अध्यक्ष श्रीमती लक्ष्मी केसीले नेपाली पाठशाला समुदघाटन सम्म आईपुग्दा धेरै तयारी गर्नु परेको र यस तयारीमा सहयोग पुर्याउनु हुने सम्पूर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नेपाली पाठशाला सफलताका साथ सु सम्पन्न गर्न अझै धेरै खुट्किलाहरु पार गर्नुपर्ने भएकोले सम्पूर्ण सदस्य तथा शुभ चिन्तकहरुलाई आ-आफ्नो क्षमता अनुसार सर सहयोग गरिदिनु हुन् हार्दिक अनुरोध गर्नुभयो। 

समुदघाटन कार्यक्रममा संस्थाका सल्लाहकार तथा पुर्ब अध्यक्षहरु,कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, संस्थाका सदस्य तथा शुभ चिन्तकहरु सहित बिभिन्न उमेरका बालबालिका र उहाँहरुको अभिभावकहरुको भब्य सहभागिता रहेको कार्यक्रममा केक काटेर खुशियालीको साटासाटका साथ समुदघाटन कार्यक्रम समापन गरिएको थियो। 

कक्षाहरु प्रत्यक शनिवार बिहान ११ बजे देखि १२ बजे सम्म YMCA Cardiff CF24 3AG मा संचालन हुनेछ। नेपाली भाषा र सस्कृति जगेर्नाका लागि हाम्रो यस अभियानमा स्वंयमसेवकका रुपमा कक्षा संचालनमा सहयोगका लागि बचन बद्दता व्यक्त गर्नु हुने संस्थाका पुर्ब अध्यक्ष एवं सल्लाहकार श्री रामचन्द्र पोखरेलज्यू र श्रीमती आकृति रिमालज्यू लगायत सम्पूर्ण सहयोगी महानुभाबहरु प्रति संस्था हार्दिक आभार प्रकट गर्दछ। 

आआफ्ना बाबु नानीहरुलाई यस अभियानमा सहभागी गराउनु हुन् सम्पूर्ण अभिवाबकहरुमा संस्था हार्दिक अनुरोध गर्दछ। नेपाली पाठशाला यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग पुर्याउनु हुने सम्पूर्ण महानुभाबहरुमा संस्था हार्दिक आभारका साथ कृतज्ञता व्यक्त गर्दछौं। नेपाली पाठशाला सम्बन्धि अन्य कुनै जानकारीको आवस्यकता परेमा कृपया सम्पर्क गर्नुहुन हार्दिक अनुरोध भन्दै धन्यवाद सहित नेपाली समाज वेल्स, युकेको सचिव शोभा राणा पोखरेलले समाचार लेख्नु भयको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?