३ मंसिर, २०८१
आर के त्रिपाठी लेख्छन्-
यो बर्षको Transparency International र Amnesty International ले जारी गरेको Report को एक एक बाक्य नियाल्दा म धेरै चिन्तित छु।
Transparency International र Amnesty International ले जारी गरेको Report हेर्दा मानविय संसाधन विकाश र मानब अधिकार रक्षा शिर्षकमा नेपाल विश्वको १० खराब मानब अधिकार हनन गर्ने र कानुनी राज्य पालन नगर्नेमा परेको देखियो।यसमा आजै देखि ध्यान जान जरूरी देख्छु।हामी सबै नेपाली मिलेर नेपाललाई विश्वले हेर्ने नजरमा राम्रो बनाउनु परेको छ।
म बेलायतमा विगत २२ बर्ष देखि बसोवास गरि लामो समय मानब अधिकार,मानब संसाधन विकाश र राज्य कानुनको अगाडी सबै नागरिकलाई बरावरी न्याय भन्ने सिद्धान्त बुझेकोले होला,नागरिकको प्रत्येक Issue कोट्याएर हेर्न,अध्ययन गर्न र खराब Issue लाई राम्रो बनाउन हरेक दिन बिबिध विषयमा ध्यानाकर्षण गराउने गरेको छु।म बेलायतमा विगत २२ बर्ष देखि Senior Civil Engineer पदमा कार्यरत रहे पनि मेरो चाख,सोच,अध्ययन,रुची,अन्य विविध विषयमा पनि छन्।म संसारमा जहाँ रहे पनि सचेत नागरिक वा मानिस हूं।मलाई मानब अधिकार,लोकतन्त्र रक्षा गर्नु छ।नेपालको शान, मान,इज्जत,गौरब अन्तराष्ट्रिय आँखामा पनि उकास्नु छ।यो मेरो जीवन बाँच्नुको लक्ष छ। जन्मनु,दाल भात खानु,रोजगारी व्यवशाय गर्नु, धन कमाउनु,धन र पदको प्रभाव जमाउनु, देखाउनु र म संग धन र पद छ,त्यसैले मलाई सबैले पूजा गर भन्ने सोच राख्दिन।त्यो मेरो विषय पनि होइन।मेरो लागी धन,पद र Resourse देखाएर प्रभाव पार्न चाहने मानिस मुर्ख हुन्।कायर हुन।संसार नबुझेका,ज्ञान, विवेक नभएका अज्ञानी हुन्।
म निती,विचार,सिद्धान्त,रिपोर्ट नियाल्ने,पढ्ने, ध्यानाकर्षण गराई कहिं न कहिं नेपाल वा संसारमा रहनु हुने मानिसको हक अधिकार र मानब अधिकार रक्षामा बोलिरहन चाहन्छु/
मेरो यो कार्यलाई धेरैले राम्रो मान्दैनन्।मलाई थाहा छ कि मैले यि हरेक विषयमा ध्यानाकर्षण लेखि रहँदा नेपालका धेरै नेता कार्यकर्ताले मलाई मन पराएका छैनन् तर स्वतन्त्र विबेक भएको मानिस हुनाले यि सबै विषय उठान गर्न ध्यानाकर्षण गर्न छोडेको छैन।छोड्दिन पनि।
आज एक बिहानै लण्डनको Office मा Rail चढेर काम गर्न जाने बेला Amnesty International and Transparency International को विशेष बक्तव्य हेरें।यसमा नेपालको नाम पनि समावेश भएको पाएँ।गहिरिएर नियालें।बक्तव्य पढें।यसमा के भनिएको रहेछ भने विश्वको मानब अधिकार हनन,जघन्य अपराध,ठगी,हत्या,भ्रष्टाचार, विकाश प्रोजेक्ट समयमा सम्पन्न नहुने,बेरुजु बढि हुने,कानुन उल्लंघन,मानब अधिकारको खस्कदो अबस्था रहेको विश्वको १० मुलुक मध्ये नेपाल पनि समावेश भएको रहेछ।
हो म ज्यान पाल्न,परिवार पाल्न विदेशमा छु तर मेरो मन त नेपालमै छ।मेरो भावना नेपालमै छ।बाँकी परिवार नेपालमै छ।सभ्यता,संस्कृती र संस्कार पनि नेपाली नै छ।त्यसैले म विदेश बसे पनि नेपाली नै हूं।नेपाल बनाउने नेपालमा बस्ने नेपालीले मात्र हुन सक्दैन।
नेपाल बनाउने नेपालमा बस्ने नेपाली र विदेशमा बस्ने सबै नेपाली मिलेर हो।त्यसैले त लेख्दैछु, ध्यानकर्षण गराउन चाहन्छु।नेपाल बन्ने भनेको Road,पूल, नहर,सिंचाई,ढल,निकाश,व्यवस्थित शहर,उद्योग,विमान स्थल लगायत भौतिक संरचना मात्रै बन्ने बनाउने हुन सक्दैनlनेपाल बनाउने भनेको नागरिकको मानबिय संसाधनको विकाश पनि हो।यो भनेको नागरिकको मानब अधिकार भित्र पर्ने विश्व Charter र UN Charter ले प्रत्याभुती गरेको बच्चा,बयस्क,वृद्धको हरेक अधिकार प्रत्याभुती गर्नु हो।
आजको Amnesty International को विशेष बक्तव्य नियालौं।यसमा के भनिएको छ भने थुनामा भएका मृत्युसम्बन्धी घटनामा न्याय सुनिश्चित गर्न नेपाल सरकार असफल बनेको एम्नेस्टी इन्टरनेसनलको निष्कर्ष रहेको छ।हिरासतमा मृत्यु हुनेको बढ्दो संख्या गहिरो चिन्ताको विषय हो, यसले नेपालको फौजदारी न्याय प्रणालीमा रहेको त्रुटि उजागर गर्छl/
संयुक्त राष्ट्रसंघका चार जना विशेष प्रतिवेदकले सन् २०२१ मा नेपालमा हुने यातना र मृत्युका घटनामाथि गम्भीर चासो व्यक्त गर्दै यसमा संलग्न प्रहरीलाई कारबाही गरेर जवाफदेहिता कायम गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए /
एम्नेस्टी इन्टरनेसनल नेपालको आजको बक्तव्यमा नेपालमा हिरासतमा मृत्यु हुनेको बढ्दो संख्या गहिरो चिन्ताको विषय रहेको विषय उल्लेख भएको छ।यसले नेपालको फौजदारी न्याय प्रणालीमा रहेको त्रुटि उजागर गर्छ।प्रहरी हिरासतमा कसैको पनि मृत्यु हुनुहुँदैन,हिरासतमा भएका व्यक्तिहरूको सुरक्षा राज्यको जिम्मेवारी हो।
Amnesty International ले हिरासतमा यातना र त्यसले निम्त्याउने मृत्युलाई रोक्न नेपाल सरकारले आवश्यक प्रशासनिक,कानुनी र न्यायिक उपाय अवलम्बन नगरेको जनाएको छ।धेरै मानब अधिकारबादी अन्तराष्ट्रिय संस्थाको हरेक बर्षको रिपोर्ट गहिरियर नियाल्दा नेपालको मानब अधिकारको अवस्था खस्कदो देखिएको छ।यस गंभिर चिन्ताको विषय छ।यस्ता अवस्थाले हामी सबै स्वदेश,विदेशमा बस्ने नेपाली लाई पोलेको छ।
विदेशीहरुले समेत हामी नेपाली वा नेपाललाई जघन्य अपराध गर्ने,ठगी गर्ने,नियम कानुन नमान्ने,राज्यको संस्थाहरुले काम नगर्ने,भ्रष्टाचार गर्नेहरु हुन् भनि हेर्न थालेको अवस्थामा कसको वा कुन नेपालीको मन दुख्दैन र ?
अर्को तर्फ Transparency International र Amnesty International को बार्षिक रिपोर्ट हामीले यो लेख,त्यो लेख भनेर तयार गरिने विषय पनि होइनन्।उसका आफ्नै अनुसन्धान अधिकृतहरु विश्वभर कार्यरत छन्।
Transparency International र Amnesty International को यिनै Report लाई UN ले समेत Notice मा राख्छ। प्राथमिकतामा राख्छ।विदेशीले नेपालको विदेशी सहयोग बढाउन वा घटाउन पऱ्यो भने त यिनै नेपालको मानविय संसाधन विकाश,प्रगतीलाई हेरेर,Report लाई हेरेर केहि हद आधार मान्ने हुन्।तसर्थ हामी सबै मिलेर नेपालको मानब अधिकार उकास्न आज देखि नै मिलेर काम गर्न जरूरी ठानेको छु।