Thursday March 20, 2025

प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले २०८१ मा श्री ५ पृथ्वी जयन्ती मनाउने

४ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1268


प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले २०८१ मा श्री ५ पृथ्वी जयन्ती मनाउने

शीतलपाटीन्युज डटकम।

लण्डन। बेलायतमा गठन भएको राष्ट्रिय प्रजातन्त्र पाटी नेपाल समर्थक प्रबासी नेपाली एकता समाज (पानस) बेलायतले रास्ट्रपिता श्री ५ बडामहाराजाधिराज
पृथ्वीनारायण शाहाको ३०३ औं जन्मजयन्ती  मनाउने निर्णय गरेको समाचार प्राप्त भयको छ।

भब्य र सभ्य बाताबरणमा हर्षोल्लास पुर्वक मनाउन लागिएको सो कार्यक्रम ११ जनवरी २०२५  शनिवारको दिन १ बजे ठमेल लोक दोहोरी साझ अल्डरसटमा हुने तय भएको कुरा संस्थाका महासचिव रमेस शाही ठकुरीले बताउनु भएको छ।

बेलायतमा १० नोभेम्बर आईतवारका दिन बसेको पानसको बैठकले सो निर्णय गरेको हो। बैठकले सो कार्यक्रममा बेलायतबासी आमा,बुवा,दिदी,बहिनी, दाजु,भाइ,देशभक्त,रास्ट्रबादी साथीहरु,ब्यापापार ब्याबसायीहरु,विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, खेलाडीहरु,कलाकारहरुका साथै सम्पुर्ण समर्थक,शुभेच्छुक साथीहरूलाई उक्त कार्यक्रममा उपस्तिथि भै दिनुहुन हार्दिक अनुरोध पनि गरेको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?