४ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल प्रहरीको नयाँ ऐनको मस्यौदामा लोक सेवा आयोगले सहमति दिएको छ। यससँगै बिधेयक संसदमा लैजान सरकारलाई बाटो खुलेको छ ।गत बिहीबार रायसहितको मस्यौदा आयोगले गृहमा पठाएको हो। गृहले यही साता बिधेयकको मस्यौदालाई मन्त्रिपरिषद् पठाउने तयारी गरेको छ ।
यसअघि अर्थ र कानुन मन्त्रालयले मस्यौदामा सहमति दिइसकेको छ।
गृहमन्त्री रमेश लेखकले ऐनलाई प्राथमिकतामा राखेर संसदको हिउँदे अधिवेशनबाट पारित गराउने बताउँदै आएका छन्। नयाँ ऐनमा ३० वर्षे सेवाहद हटाउनेदेखि भर्ना, बढुवा तथा अवकाशसम्बन्धि प्रावधानहरु व्यापक हेरफेर गर्न लागिएको छ।
हिउँदे अधिवेशनमै बिधेयक पास भएमा हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको पदावधि पनि थप हुने छ। कुँवरको जागिर अब चार महिना मात्र बाँकी छ।ऐनको मस्यौदामा पहिलो वर्ष ३० वर्षमा ६ महिना र दोस्रो वर्ष एक वर्ष थप गर्ने उल्लेख छ। त्यस्तै, बिधेयकमा तल्लो तहका प्रहरीको चासो रहेको १६ वर्षमा पेन्सनको व्यवस्था पनि समाबेश छ।
(जनप्रहारबाट साभार।