६ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा बसोबास गरेका नेपाली मूलका एक सफल व्यवसायी अध्यक्ष दिपेन्द्र गुरुङको संयोजनमा चौधौं एसियन करी अवार्ड समारोह सम्पन्न भएको छ।सो अवार्ड सेरिमनि कार्यक्रममा बेलायतकी व्यापार तथा व्यवसायमन्त्री सारा जोन्स सहभागी भएकी छन् ।
बेलायतमा एक लाखभन्दा बढीलाई रोजगारी दिने तथा बेलायतको अर्थतन्त्रमा आठ बिलियत पाउण्डभन्दा बढीको योगदान गरेको यस करी उद्योगको समारोह सम्पन्न भएके छ। सो करि अवार्ड समारोहमा एक हजार दुई सयको सहभागिता रहेको थियो। यस अवार्ड कार्यक्रममा सारा जोन्स प्रमुख अतिथि र दिपेन्द्र गुरुङ मानार्थ अथितिको रुपमा सहभागी थिए।
शनिवार आयोजित यो कार्यक्रम लण्डनको केन्द्रस्थित मेफेयर जिल्लाको ग्रोसभेनर हाउसमा आयोजना गरिएको थियो। व्यवसायी गुरुङको तर्फबाट मिस लण्डन २०२४ मिले म्यागीले एसियन करी अवार्डका विजेताहरुलाई पुरस्कार वितरण गरेकी थिइन्। सो अवसरमा उनले आफ्नो मिस वर्ल्ड विथ पर्पज क्याम्पेन ‘गोफरविस्पर’को बारेमा सहभागीहरुलाई बताएकी थिइन्। बेलायती राजकुमार विलियम र बेलायतको नयाँ वायुसेवा कम्पनी हिमालय जेटद्धारा प्रवर्द्धित यो अभियान विद्यालयहरुमा सीपीआर तालिम अनिवार्य गर्न गरिएको हो।
म्यागीले सम्बोधनका क्रममा मोन्टे कार्लो, मकाउ,लस भेगासबीचको सिधा लामो उडान सेवा दिन लागेको जानकारी दिँदै छोटो दूरीको उडानमा लण्डन,पेरिस,रोम, मिलान,सेन्ट,मार्टिज,जुरिचदेखि कान्ससम्म उच्च लक्जरी होटलहरुसँग सम्वन्ध जोड्दै उडान गर्न लागेको कुरा पनि बताइन्। उनले लण्डनबाट हिमाली देश नेपालमा हिमालय जेटले उडान गर्ने र युरोप एवम अष्ट्रेलियाका छनोट भएका शहरलाई वार्मअपका रुपमा लिने पनि बताइन्।
नेपालमा पहिलो उडान गरेर हिमालय जेटमार्फत अन्तर्राष्ट्रिय उडानको तयारी गरेका व्यवासायी गुरुङले १८ ठूला जहाजहरु मार्फत सेवा सञ्चालनको तयारी गरेका छन्।
(साभार- कर्पोरेटनेपाल डटकम।