Thursday March 20, 2025

तमु समाज युकेको तमु ल्होछार ४ जनवरी २०२५ मा मनाउदै

६ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1279


तमु समाज युकेको तमु ल्होछार ४ जनवरी २०२५ मा मनाउदै

शीतलपाटीन्युज डटकम।

लन्डन । तमु समाज यूकेले आगामी ४ जनवरीमा महान् चाड तमु ल्होछार मनाउने भएको छ। राष्ट्रिय पर्व तमु सप्रि-ल्हो ल्होछार तथा सांस्कृतिक कार्यक्रम २०८१’ Harrow Leisure Centre, HA3 5BD मा धूमधामका साथ मनाउने भएको हो।

शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ,संस्कृति हराए मानव अस्तित्व नै हराउँछ’ मूल नाराका साथ २००७ सालमा तमु समाज युकेको स्थापना भएको हो। सो कार्यक्रममा तमु जातिको मौलिक संस्कार,संस्कृति र परम्परा झल्किने बृहत् सांस्कृतिक कार्यक्रमसँगै शुभकामना आदानप्रदान कार्यक्रम हुने भएको हो।

ल्होछारलाई नयाँ वर्षका रूपमा मनाइन्छ। जसअनुसार यस वर्ष मुप्रि-ल्हो (गिद्ध वर्ग) लाई बिदाइ गर्दै सप्रि-ल्हो (सर्प वर्ग) लाई स्वागत गरिनेछ ।  बेलायतमा रहेका तमु तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई तमु समाज यूकेले अनुरोध गरेको छ।

सप्री ल्हो ल्होछार २०८१ को संयोजकको जिम्मेवारी संस्थाका उपाध्यक्ष केदार गुरुङलाई दिइएको छ। २८ जनवरीमा गर्ने दशग्रह शान्तिपूजाको धार्मिक संयोजक हरिमान गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मा दिइएको छ।

साथै सांस्कृतिक कार्यक्रमका लागी पूर्व सांस्कृतिक सचिव सरु गुरुङ र आमा समूहका अध्यक्ष विमला घालेलाई जिम्मेवारी दिइएको छ। सो अवसरमा नेपालबाट आउने चर्चित कलाकारका साथमा तमु समाज यूकेका कलाकारको बेजोड प्रस्तुति तथा डिजे धमाका हुनेछ।यस्तै,अतिथि पत्राचार महासचिव सुब घले र पूर्वअध्यक्ष अर्जुन कुमार गुरुङले स्वागत गर्नेछन् । 

श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?