Thursday January 16, 2025

नेपालको म्युजिक तथा ड्रामा एकेडेमीका भीसी शंभु राईलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1201


नेपालको म्युजिक तथा ड्रामा एकेडेमीका भीसी शंभु राईलाई साहारा युकेद्वारा लण्डनमा सम्मान

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन।म्युजिक तथा ड्रामा एकेडेमी नेपालका भाईस चान्सलर शंभु राई लण्डनमा सम्मानित हुनु भएको छ। भीसी राईलाई पारिवारीक भेटमा बेलायत रहेका बखत साहारा युकेले एक कार्यक्रमको आयोजना गरी डिलन्ज बार एण्ड रेष्टुरेन्टमा सम्मान गरेको हो।

साहारा युकेका अध्यक्ष कृष्ण गुरुड्गले फुल गुच्छा र फेटा लगाएर भीसी राईलाई सम्मान गर्नु भयको थियो। सो सम्मानका अवसरमा साहारा युकेका उपाध्यक्ष शारदा गुरुड्ग, निवर्तमान अध्यक्ष कुसाड्ग गुरुड्ग, पुर्व अध्यक्षहरु मीन गुरुड्ग र कुमार गुरुड्ग,साहारा युकेका सल्लाहाकारहरु,एनआरएन युकेका पुर्व अध्यक्ष सुर्य गुरुड्ग, बगर भाईखलकका अध्यक्ष डिलराज गुरुड्ग,तमुधि युकेका पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ग र भीसी राईको परिवारहरुको भब्य उपस्थिती थियो।


सामाजीक अभियन्ता एवम साहारा युकेका आजीवन सदस्य गोविन्द गुरुड्गले ब्यवस्थापन गरेको सो कार्यक्रममा साहारा युकेका उपाध्यक्ष शारादा गुरुड्गले स्वागत मन्तब्य राख्नु भएको थियो। भीसी राईले कार्यक्रममा संबोधन गर्दै सम्मान कार्यक्रमका आयोजक साहारा युकेलाई धन्यबाद दिदै बेलायत रहेका आफ्ना परिवारले यो सम्मान कार्यक्रमको सहजीकरण गरेकोमा धन्यबाद दिनु भएको थियो।

नेपाली गायक,गीत लेखक,म्युजीसीयन र म्युजिक उत्पादकको नामले प्रख्यात भीसी राई धनकुटे हुनुहुन्छ। कार्यक्रममा आफ्नो बिगत इतिहास बताउदै सो कार्यक्रमलाई शंभु राई एकल साझको नाम दिदै कार्यक्रम गरीएको थियो।

गायक भिसी राईले “चिट्ठी तिमीलाई लेखु भन्छु,यो मन भन्छ कहाँ जाऊ,चलेछ बतास सुस्तरी,आलु दम चाना आदी गीत गायर कार्यक्रमलाई मनोरन्जन समेत दिनु भएको र शीतलपाटीन्युजका प्रधान सम्पादक बाचस्पति रेग्मी उपस्थित रहेको सो कार्यक्रम भब्य भएको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?