Thursday March 20, 2025

डा.शारदा गुरुङ नेपाली चेली बनिन् ब्रिटिस सेनामा मेजर

९ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1378


डा.शारदा गुरुङ नेपाली चेली बनिन् ब्रिटिस सेनामा मेजर

शीतलपाटीन्युज डटकम।
लन्डन । कास्की जिल्लाको साबिक अन्नपूर्ण गाविस स्थित घान्द्रुक पुर्ख्यौली घर भएकी मेजर डा. शारदा गुरुङ (एमबीबीएस,एफआरसीए) ले बेलायतको प्रतिष्ठित रोयल मिलिटरी एकेडमी स्यान्ड्रस्ट (आरएमएसस) बाट कमिसन कोर्ष सफलतापूर्वक सकेर पासिङ आउट परेड पास भएकी छन्।

ब्रिटिस आर्मीको विषेश अधिकृतको उपस्थितिमा २३ नोभेम्बर २०२४ मा दीक्षान्त समारोह सम्पन्न भएको थियो। सोही अवसरमा उनी रोयल आर्मी मेडिकल कर्पको रिजर्भ युनिटको मेजर पदमा कमिसन भइन्।


डा.शारदा गुरुङ गुरुङ बुवा सत्रमान गुरुङ र आमा कमलादेवी गुरुङ ब्रिटिस आर्मीमा हुँदा सन् १९८७ साल हङकङमा जन्मिएकी थिइन्। उनले पोखराको सेन्ट मेरिज हाइस्कुलबाट सन् २००४ मा एसएलसी उत्तीर्ण गरी २००६ सालमा बुढानिलकन्ठ स्कुल काठमाडौँबाट प्लस टु गरेकी थिइन् र सोही साल काठमाडौँ मेडिकल कलेजमा भर्ना भएकी थिइन् । 

सन् २०११ मा एमबीबीएस उत्तीर्ण गरेपछि सन् २०१२ मा बुवाआमासँग बेलायत आएकी थिइन् । बेलायतको एनएचएसअन्तर्गत रोयल कलेज अफ एनिस्थेटिस्ट अध्ययनसँगै काम गर्न थालेकी थिइन्।

उनले सन् २०१९ डिसेम्बरमा एफआरसीएको डिग्री हासिल गरेकी थिइन्। डा. गुरुङ एभेलिना लन्डन बाल अस्पताल, गाइज एन्ड सेन्ट थोमस एनएचएस ट्रस्टमा पेडिएट्रिक एनेस्थेसिया कन्सल्टेन्टसमेत रहेकी थिइन् ।

उनको परिवारमा बुवाआमासहित दाई (सीए) हेमन्त गुरुङ,भाउजू समीता गुरुङ र भदैनीहरू शहरा रोज गुरुङ र शामना लिली गुरुङ रहेका छन्। ब्रिटिस गोर्खाको छोरीहरूमा सम्भवता सिधै मेजर पद पाउनेमा डा.गुरुङ पहिलो नेपाली मूलकी छोरी हुन् ।
(श्रोत- गोर्खा मिडीया।)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?