Thursday January 16, 2025

लण्डनको ओटुमा (O2) नेपालको कन्दरा ब्याण्डको प्रस्तुती हुदै

१८ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1316


लण्डनको ओटुमा (O2) नेपालको कन्दरा ब्याण्डको प्रस्तुती हुदै

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपालको स्थापित सांगीतिक ब्यान्ड 'कन्दरा'ले लन्डन ओटुमा सांगीतिक प्रस्तुती दिने भएको छ ।  लन्डनमा हुने कार्यक्रमको तयारी गरिरहेका व्याण्डका सबै सदस्यलाई यूकेले भिसा दिइसकेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ।

आयोजक  मामाघर इन्टरटेनमेन्टका अनुसार अर्ली बर्ड टिकट सोल्ड आउट भइसकेको  छ । आउँदो ४ जनवरीमा हुनेकार्यक्रका लागि 'कन्दरा'सँगै गायक स्वप्न सुमनले पनि सांगीतिक प्रस्तुति दिँदै छन्। कन्दराले आफ्नो सांगीतिक यात्राको ३२ औं वर्षगाँठ विश्व प्रतिष्ठित कन्सर्ट भेन्यु लन्डन ओटुमा उत्सवका भब्य कार्यक्रम गर्न लागेको आयोजक मामाघर इन्टरटेनमेन्टले जनाएको छ। 

आयोजकका अनुसार विश्वप्रख्यात द ओटुमा अवस्थित इन्डिगोमा युवा पुस्ताहरुमाझ प्रख्यात गायक स्वप्न सुमन आफ्नो ब्याण्ड द आस्टर्सका साथमा प्रस्तुति दिनेछन्। कार्यक्रममा स्वप्न सुमन र उनको ब्याण्डले नढाक न मुहार शृंगारले, बाचा भयो, जे छौ तिमी लगायतका गीतहरु प्रस्तुत गर्नेछन्। पहिला घरदेखि अनि परदेशको नारासहित विश्व भ्रमणमा निस्केको कन्दराका तिमी पारी, चन्चले कान्छी, लेककी हे माया, हङकङ पोखरा, तगारोमा रूमाल जस्ता गीत प्रस्तुत हुनेछन्। कन्दराले आत्मसात गरेको लोक पप धुनहरू आजपर्यान्त लाखौं शुभचिन्तक र दर्शक रोजाइमा छन्। 

आयोजकले नेपाली संगीत धरोहरको रूपमा रहेको कन्दरा ब्याण्डको यस ऐतिहासिक साँझको हिस्सा बनि नेपाली गीत संगीत प्रवर्धनमा सरिक बन्न अनुरोध गरेको छ। जसका लागि अनलाइन मार्फत पनि कार्यक्रमको टिकट उपलब्ध हुने आयोजकले जनाएको छ। कन्दराले हालसालै काठमाडौंमा ऐतिहासिक कन्सर्ट गरेको थियो।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?