२० मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतमा बसोबास गरेका नेपालीहरुको सबै भन्दा ठुलो समुह तमु धीं यूकेको १३औं नया कार्यसमितिका लागि निर्बाचन मण्डल घोषणा गरिएको छ ।
आगामी १४ डिसेम्बर २०२४ मा हुने १३ औं अधिवेशनका लागि एकेन्द्र गुरुङ संयोजक रहेको निर्वाचन मण्डलमा सल्लाहकार मेजर कृष्ण गुरुङ र सल्लाहकार क्याप्टेन बालकृष्ण गुरुङ सदस्य रहेका छन्। एकेन्द्र गुरुड्यग यसअघि बाह्रौं कार्यसमितिमा निर्वाचन मण्डल संयोजक थिए।
मीन गुरुड्ग सिक्लिसे संस्थापक अध्यक्ष रहेको तमुधि युकेमा अध्यक्ष हरि गुरुङको अध्यक्षतामा २५औँ वार्षिक साधारणसभा र कार्यसमितीको निर्वाचन समेत हुने छ।
तमु धीं यूकेको वर्तमान अध्यक्ष हरि गुरुङ २६ डिसेम्बर २०२२ मा भएको अधिबेशनबाट दुई वर्ष कार्यकाल शिक्षा,स्वास्थ्य,खेलकुद, समाज सेवाका रुपमा धेरै काम पुरा भएकोले नयाँ कार्यसमितिका लागि निर्वाचन प्रक्रिया सुरु भएको हो।