Thursday January 16, 2025

तमु प्ये ल्हु संघ युकेले रेडिङमा किन्यो आफ्नै भवन

२२ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1949


तमु प्ये ल्हु संघ युकेले रेडिङमा किन्यो आफ्नै भवन

शीतलपाटीन्युज डटकम।
लन्डन। तमु प्ये ल्हु संघ युकेले बेलायतको रेडिङमा आफ्नै सामुदायिक भवन खरिद गरेको समाचार छ।
सामुदायिक भवन तथा क्होँईबों निर्माण योजना अन्तर्गत तमु प्ये ल्हु संघले शुक्रबार घर किनेको हो। नयाँ घरको चाबी शुक्रबार बुझेको संघका अध्यक्ष क्या. (रि) डेमबहादुर योज तमुले जानकारी दिनु भएको छ। लामो समयको पर्खाइलाई अन्त्य गर्दै संस्थाको भवनको चाबी लिन सफल भएकोमा अध्यक्ष क्या (रि) डेमबहादुरले खुसी व्यक्त गर्नु भएको छ।

‘यसबाट मलाई सुकून मिलेको महसुस भएको छ भने सम्पूर्ण सदस्यलगायत शुभचिन्तकको प्रतीक्षाको घडी पनि सकिएको छ। शुभचिन्तकहरुले दिनुभएको साथ सहयोग, सद्भाव र सहानुभूतिले यो काम सम्पन्न भएको हो। यहाँहरूको सहयोग र दानबिना यो कार्य सम्पन्न हुने थिएन,’ उहाको भनाई छ।

चाबी बुझ्ने कार्यक्रममा अध्यक्षसहित संस्थापक अध्यक्ष अशोक ल्हेंगे, पूर्वअध्यक्ष जगत प्हच्यु,सचिव भेग च्हाक्ली,कोषाध्यक्ष याम प्हच्यु,तृतिय उपाध्यक्ष डमर टु क्ल्हेप्री,सुवाससिंह लेम्,आमा समूह अध्यक्ष बबिता पहच्यु गुरुड्ग र पिताम्बर ल्होँ तमु लगायतको उपस्थिति रहेको थियो। खरिद गरीएको भवन,जग्गा र प्रसासनिक खर्च समेत गरी अनुमानित मुल्य ९ लाख पाउण्ड रहने सचिव भेग च्हाक्ली गुरुड्गले बताउनु भएको छ।

कार्यक्रममा उपस्थित भएर हौसला र सहानुभूति प्रकट गर्ने सबैलाई अध्यक्ष  क्या. (रि) डेम बहादुरले धन्यवाद दिनु भएको छ। यसबारे थप कुराकारी शनिबारको बैठकमा हुने उनले जनाईएको छ। परम्परा अनुसार घर पैँचोको लागि पूजा गर्न खेगी (पैंडी) लाई दिन हेराउन लगाएको समेत अध्यक्ष क्या रि डेमबहादुरले बताउनु भएको छ। 

पहिले स्थानीयस्तरमा विद्यालय सञ्चालन रहेको भवन तमु प्हे ल्हु संघले किनेको हो। भवन दुई तले रहेको छ। जहाँ ३ सय भन्दा बढी क्षमताको ठूलो हल र मिनी साइजको हलसहित खेल मैदान,बगैंचा र बाहिर तथा भित्र कारपार्क लगायत सुविधा रहेको तमु प्ये ल्हु संघले जनाएको छ।


(श्रोत-गोर्खा मिडीया)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?