Sunday April 05, 2020

फोनीजका केन्द्रिय अध्यक्ष डण्ड गुरुड्ग एभरेष्ट टाइम्स पत्रीकाको १०औ बार्षिक समारोहका लागी लण्डनमा

२२ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम। 2692



शीतलपाटीन्युज डटकम।

अल्डरसट लण्डन। बेलायतबाट प्रकासन हुने एभरेष्ट टाईम्सको  १०औ बार्षिक समारोह मनाउन नेपालबाट फोनीजका केन्द्रिय अध्यक्ष डण्ड गुरुड्ग लगायत सहयात्री अादरणिय बरिष्ठ पत्रकार खिम घले,प्राबिधिक मित्र टिकाराम तामाङ, बरिष्ठ पत्रकारहरू राम कृष्ण ज्ञवाली,रमेस पाैड्याल र तमुमै ताँ प्रस्ताेता पुनम गुरूङ बेलायत अाई पुग्नु भएको छ। हिथ्राे बिमानस्थलमा हिजो एभरेस्ट टाईम्स परिबारले भब्य स्वागत गर्दै भेटघाट रेस्टुरेन्ट अल्डरसटमा परीचयात्मक कार्यक्रम पनि सम्पन्न गर्यो। 

    नेपालीहरुले बेलायतमा बस्ने अाबसिय भिसा पाए संगै बढ्दाे नेपालीहरूको अाफ्नाे भाषा, साहित्य, लेख रचना, राष्ट्रिय, अन्तर्राष्ट्रिय र समाजका ताजा खबर, बौध्दिक बिकास अभिबृद्धी गर्ने तथा संरक्षण सम्बर्द्धन गर्ने, ब्यापार व्यवसाय अभिबृद्धी गर्ने, उत्साही हुने तथा नयाँ पिढीलाई नेपाली भाषाको ज्ञान दिने पबित्र उदेश्यले सन् २००९ मा स्थापित एभरेस्ट टाईम्स साप्ताहिक पत्रिका नेपालीहरू र नेपाली समाजको मायाले अाज दश बर्षमा प्रबेश गर्दैछ।यस पुनित अबसरमा एभरेष्ट टाइम्स परिवारलाई हृदयबाट नेपाल रहेर पनि सधै सहयाेग पुर्याउने सहयात्री अादरणिय बरिस्ठ पत्रकार खिम घले, फोनिजका अध्यक्ष दण्ड गुरूङ , प्राबिधिक मित्र टिकाराम तामाङ तथा बरिस्ठ पत्रकारहरू राम कृष्ण ज्ञवाली , रमेस पाैड्याल र तमुमै ताँ प्रस्तोता पुनम गुरूङलाई उहाहरुको योगदानको कदर गर्दै १०औ बार्षिक कार्यक्रममा निमन्त्रणा गरेको कुरा संचालक मध्यका तमुधी युकेका अध्यक्ष ज्ञाम गुरुड्गले बताउनु भयकोछ।

अगामी शुक्रबार साझ ७ सेप्टेम्बरमा एम्पायर हल अल्डरसटमा भब्यताका साथ अायोजना हुने १०औ बार्षिक कार्यक्रममा सम्पूर्ण संघ संस्था अादरणिय नेपाली दाजुभाइ दिदीबहिनी, बुद्धिजीवी बर्ग, पत्रकार, ब्यापार ब्यबसायी, राजनीतिकमी, बर्गिय संघ संगठन, धार्मिक संस्थाहरू, कलाकार,डाक्टर ,ईन्जिनियर, नर्स,वकिल , युवाहरूलाई उपस्थिती भई एभरेष्ट टाईम्सलाई सुभकामना, सल्लाह र सुझाबहरू दिन हार्दिक अनुराेध र निमन्त्रणा गरीयको छ।।




मतहरू

viagra online mp

The biologic hampers in each part of the vardenafil hcl online you fail how unreal it can be to do your whey-faced diagnostics


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?