२४ मंसिर, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन । तमु धी युकेले हालै गठन गरेको निर्वाचन समितीको कार्यक्रम अनुसार तमु धीं यूकेका बरिष्ठ उपाध्यक्ष जुमकाजी गुरुङ अध्यक्ष पदमा निर्विरोध चयन हुनु भएको छ।
१३ औं अधिवेशन अन्तर्गत शनिबार भएको मनोनयन दर्तामा अध्यक्षमा गुरुङ लगायत सम्पुर्ण उम्मेदवारीहरु निर्बिरोध परेकाले निर्विरोध घोषणा भएको निर्वाचन मण्डलका संयोजक एकेन्द्र गुरुङले जानकारी दिनु भएको हो।
संयोजक गुरुड्गका अनुसार अध्यक्ष जुमकाजी गुरुड्ग नेतृत्वको नयाँ कार्यसमितिको २९ जना नै निर्विरोध हुनु भएको छ । अध्यक्षमा चयन भएका जुमकाजी यसअघि वरिष्ठ उपाध्यक्ष रही तमु धी युकेमा उत्कृष्ट कार्य सम्पादन गर्नु भएको थियो।
उपाध्यहरुमा पर्शु गुरुड्ग,कमल गुरुड्,दिलमाया गुरुड्ग, महासचिवमा डा बिशाल गुरुड्ग,सहसचिवमा बिमल गुरुड्ग निर्बिरोध हुनु भएको समाचार छ। अध्यक्ष लगायत सबै पदाधिकारीहरु तथा सदस्यहरु १४ डिसेम्बर २०२४ तारिखमा हुने २५औँ वार्षिक साधारणसभा तथा १३औँ अधिवेशनमा औपचारिक घोषणा गरिने र पदस्थापन गरीने निर्वाचन संयोजक गुरुड्गले बताउनु भएको छ।