Thursday January 16, 2025

सिरिया,बंगलादेश र श्रीलंकाको नेताको देश छोडी भगाईबाट नेपालले के सिक्ने?-आर के त्रिपाठी

२४ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1236


सिरिया,बंगलादेश र श्रीलंकाको नेताको देश छोडी  भगाईबाट नेपालले के सिक्ने?-आर के त्रिपाठी

आर के त्रिपाठी लेख्छन् -


सिरियाका राष्ट्रपति असद आज बंगलादेशका राष्ट्रपति शेख हसिना,श्रीलंकाका राजापक्षे जस्तै Plane चढेर भागे।

सिरियाका राष्ट्रपति असदको २४ बर्षे र असादको परिवारको ५१ बर्षे कुशाषनको नराम्ररि अन्त्य भयो।Damascus बिद्रोहीहरुको कब्जा भयो।
10 बर्ष सम्म चलेको यो काटमार लाई सिरियन राष्ट्रपति असदले समयमै परिस्थिति नियाली जनतालाई भरोशा दिने कार्यक्रम ल्याएनन्। हो,विद्रोहीहरु इस्लामिक अतिवादी थिए। विद्रोहीको आन्दोलन समर्थन गर्न लाएक थिएन।सिरियन राष्ट्रपति असदले विद्रोही इश्लामिक आन्दोलन दवाउन इरान र Russia वाट पुटिनको हतियार सहयोग मागे।अमेरिका जसरि पनि पुटीन र इरानको रणनिती निस्तेज गर्न चाहन्थ्यो/अमेरिका विद्रोहीहरुको पक्षमा पनि थिएन तर सिरियन राष्ट्रपति असद हटाउन चाहन्थ्यो किनकी सिरिया,इरान र रूसबाट इजरायलमा Threat थियो।त्यसैले सिरियन राष्ट्रपति असद हटाउन विद्रोहीहरुलाई एक हद  सहयोग गऱ्यो।

10 बर्ष काटमार चल्यो।बम गोला बारुद चल्यो। लाखौं मानिस मारिय।लाखौं सिरियन विस्थापित भए।सिरियाको राष्ट्रपतिले समयमै गहिरो सोच गरि समयमै सोचेर पद र सत्ताको लोभ नगरी मध्यस्थता मार्फत युद्ध अन्य गर्न र परिस्थिति बुझेर क्रमबद्ध रूपमा उनकै पार्टी भित्रवाट Power Transation गरेको भए यो काटमार हुने थिएन वा सर्वदलिय सहमतीको सरकार बनाउन वार्ता मार्फत आहवान गरि सहकार्य गर्न समयमै अघि बढेको भए राम्रै हुने थियो। लाखौं मानिस मारिने थिएन।विस्थापित हुने थिएन तर Russia इरान र अमेरिकाको कोपभाजनमा सिरिया पऱ्यो।

आज सिरियाको राष्ट्रपती Plane चढेर सिरियाको राजधानी Damascus बाट श्रीमती र बच्चाहरु लिएर Russia तर्फ भागे। राजनैतिक शरण लिए।इस्लामिक विद्रोहीहरुले Damascus मा कब्जा जमाए।झण्डा फरफहराय।

असद परिवारले ५१ बर्ष सिरियामा शाषन गऱ्यो।अन्तत जनताले थुके।५१ बर्ष शाषन गर्दा पनि असाद परिवारलाई सत्ताको लोभ र चरम महत्वकांक्षाले छोडेन।अन्तत देश छोडेर भाग्नु पऱ्यो।

असादलाई वरिपररीवाट उकास्ने,चाकरि गर्ने हरुलाई त आफूले राम्रो सल्लाह दिएको र जनताले असादको पक्षमा जय जयकार गरेको लागेको थियो होला तर वास्तविकता त्यो थिएन। सिरियन राष्ट्रपति असाद लामो समय सम्म शाषनमा रहे पनि असफल भईरहेका थिए।अलोकप्रियता चुलिएको थियो।

असाद एक हद दुबै आँखा नदेख्ने घृतराष्ट्र जस्तै थिए।दुर्योधन जस्तै अहंकारी थिए। अन्तत गन्हाईए।असाद धपाईए।रोई रोई भागेर Russia पुगी शरण पाए।सिरियन राष्ट्रपति असादको परिवारले ५१ बर्ष शाषन गरे ।शक्तिमा राज जमाए।संपति जोडे।भ्रष्टाचार गरे।अव सोचौं राष्ट्रपति असाद जिते वा हारे?  

यो संसारलाई थाहा छ इल्लामिक विद्रोहीहरु के गर्दछन् ?के गरि रहेछन् ?अब के हुनेछ ?जे होस,चरम सत्ताको लोभ,महत्वकांक्षा र विपक्षि लाई दवाएरै छोड्छु भन्दा राष्ट्रपति असद Plane चढेर भाग्नु पऱ्यो।कन्यावेजोग भयो। सिरिया अन्तत हाऱ्यो।

नेपाल पनि कुनै दिन आन्तरिक र बाह्य शक्तिको कोपभाजनमा परि सत्ता र पद छोड्नै नचाहने,जनताको आवाज नसुन्ने,को को?नेता Plane चढेर भाग्न पर्ने हो ?त्यो त समयले नै बताउला।नेपालमा भविष्यमा हुने यहि हो। केवल समय पर्खनु मात्रै छ।आजै सबैमा चेतना भया।नेपालले के सिक्ने?



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?