Monday February 10, 2025

ब्यवस्थित कार्यक्रमका लागि प्रकाश कंडेलले सुरु गरे सनराइज् इभेन्टस् एन्ड फोटोग्राफी

२६ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1235


शीतलपाटीन्युज डटकम।
लन्डन। नेपाल देखि बेलायत आएर बसोबास गरेका नेपालीहरुलाई सजिलै मनोरन्जनात्मक कार्य उपलब्ध गराउने उदेश्यले कार्यक्रम राखिएको समाचार प्राप्त भएको छ।
बेलायतमा एक दशकभन्दा बढी समयदेखि विभिन्न नेपाली इभेन्ट आयोजना गर्दै आएको सनराइज् इभेन्ट्सले अब फोटोग्राफी सेवा समेत दिन थालेको कुरा कार्यक्रमका डाइरेक्टर प्रकास कडेलले बताउनु भएको छ।

बेलायतको नेपाली समुदायमा चिरपरिचित प्रकाश कंडेल सञ्चालक रहेको सनराइजबाट अब इभेन्टका साथसाथै फोटोग्राफी सेवा पनि दिन थालिएको हो ।

सनराइज् इभेन्टस् एन्ड फोटोग्राफीका सञ्चालक कंडेलले बेलायतभर जुनसुकै अवसरका लागि पनि फोटो तथा भिडियोग्राफी सेवा उपलब्ध गराइने बताएका छन।

विवाह,व्रतवन्ध,पास्नी, एनिभर्सरी,जन्मदिन जस्ता पारिवारीक उत्सवदेखि विभिन्न संस्थाका कार्यक्रम र व्यवसाय प्रवर्द्धनका लागि समेत सेवा दिइने कडेल बताउँछन् ।

आफ्नो समूहमा दक्षता र अनुभव भएका फोटोग्राफर,भिडियोग्राफर र एडिटर रहेको कंडेलले जानकारी दिएका छन। दक्ष र अनुभवी टीम लिएर हाम्रो सेवा सुरु गरेका छौं। प्रतिस्पर्धात्मक दरमा गुणस्तरीय फोटो तथा भिडियो उपलब्ध गराउँछौं’, उनी भन्छन्,’हामीलाई सेवाको अवसर दिनेहरुलाई प्रभावित तुल्याउने स्तरको काम हामी ग्यारेन्टी गर्छौं।’

यसअघि कंडेलले विगत एक दशकभन्दा बढी समयदेखि सनराइज इभेन्टसमार्फत् बेलायतमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएका थिए। मुख्यतः साउथ इष्ट लन्डनमा केन्द्रित रहेका उनले कयौं नेपाली चलचित्र प्रदर्शनी र नेपाली राष्ट्रिय कलाकारका सांगीतिक कार्यक्रमहरु गरिसकेका छन्। प्रकाश सपूतजस्ता चर्चित कलाकारका साथ उनले मिडल्यान्डसम्म पुगेर समेत सफलतापूर्वक कार्यक्रम आयोजना गरेका छन्।

कंडेल बेलायतमा आयोजना हुने विभिन्न कार्यक्रमहरुको प्रत्यक्ष प्रसारकका रुपमा समेत सक्रिय रहंदै आएका छन्।
(श्रोत-नेपाली लिंक)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?