Monday February 10, 2025

BITCOIN र MMIT मा नेपालीहरु आकर्षित, SUMMIT समुदायको युकेमा बैठक सम्पन्न

२६ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1177


BITCOIN र MMIT मा नेपालीहरु आकर्षित, SUMMIT समुदायको युकेमा बैठक सम्पन्न

शीतलपाटीन्युज डटकम।

अल्डरसट,लण्डन।क्रिप्टोकरेन्सी एवम डिजीटल करेन्सीको प्रयोगकर्ता नेपाली समुदाय SUMMIT युके समुहको दोस्रो बैठक सम्पन्न भएको छ।


 
गत शनिबार ७ डिसेम्बर २०२४ मा लण्डनको अल्डरसटस्थित थकाली कुजन रेस्टुरेन्टमा “समिट” नेपाली समुदाय युकेको दोस्रो बैठक सम्पन्न भएको हो। उक्त बैठकमा जुममार्फत संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल यादवले ले.कर्ण गुरुङलाई कोर अचिभरको पद तथा मर्सेडिज कार उपहार प्रदान गरे। जसको मूल्य बेलायती पाउण्ड झन्डै ७० हजार बराबर हुन जान्छ।

समिटका अर्का कोर अफिसर मिलन गुरुङलाई पनि कोर अचिभरको पद तथा मर्सेडिस कार उपहार प्रदान गरेका थिए।मर्सेडिस कार उपहार SUMMIT Company स्थापना, संचालन र प्रचारप्रसारमा उल्लेख्य काम गरे बापत प्राप्त गर्नु भएको हो। सो कार्यक्रममा कोर अभिचर ले.कर्ण गुरुड्गले सीईओ यादवलाई जुममार्फत बैठकमा स्वागत गर्दै मिलन गुरुङलाई बधाई दिएका थिए। 


 
मिलन गुरुङको आमा ८४ वर्षीय ज्येष्ठ नागरिक बिनिमाया गुरुङले मैनबत्ति बालेर बैठक उदघाटन गरेएको थियो भने बैठकमा सबै भन्दा कान्छी उमेरकी रहिमा गुरुङको पनि उपस्थिति  थियो। बैठकको मुख्य उद्देश्य समुदायका सदस्यहरुलाई एकैठाउँमा भेला गर्नु,नयाँ पद पाउने अचिभरहरुलाई प्रमाणपत्र वितरण गर्नु, लगानीमा रहेको MMIT Coin बारे जानकारी दिने रहेको आयोजकले जनाएको छ । 

SUMMIT नेपाली समुह युकेको बैठकमा रोनी श्रेष्ठ, बेल बुराथोकी र दिलरास गुरुङलाई पर्सनल टेस्टोमनी प्रदान गरिएको थियो भने समिट रनर,समिट फास्टर, समिट आर्मी,समिट अफिसर, म्याङ्गो अफिसर,वारियर अफिसर,अचिभर र कोर अचिभरजस्ता नयाँ दर्जा तथा पद पाउने अचिभरहरुलाई खादा लगाएर प्रमाणपत्र,चिया पिउने मग तथा टोकन अफ लभ वितरण गरिएको थियो।
 
उक्त दिन ले.कर्णको श्रीमती प्रेरणा गुरुङको जन्मदिन परेकोले उनलाई सरप्राइज दिँदै केक काटिएको थियो। बैठकमा लेफ्टीनैन्ट कर्णले क्रिप्टोकरेन्सीको MMIT टोकनको बारेमा बिस्तृत जानकारी दिदै गर्दा "यो मन त नेपाली हो" भन्ने नेपाली गीत बजाएर कार्यक्रम सुरुआत गरीएको थियो।

कार्यक्रम समीट समुहका महासचिव अशोक राईले संचालन गरेका थिए। बैठकमा २३ जना विभिन्न तहका अचिभरहरुको उपस्थित रहेको थियो। बैठकमा सहभगीहरुले समिट समुदायका लागि अति नै फलदायी र अविष्मरणीय रहेको बताएका थिए।

लगानीको प्रोसेश र लगानी बृध्दी अनुसार टोकनको मुनाफा दिने यो Coin को एक्चेन्ज पनि रहेको कार्यक्रममा बुझाईएको थियो। नोट जल्ने,चोरी हुने,राख्ने कोठा र दराजहरु आवस्यक झंझटहरु हटाई सजीलो बनाउन डिजीटल करेन्सीको अबधारणा ल्याएको संचालकहरुले बताएका छन।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?