Monday February 10, 2025

२४औ आहा ! रारा पोखरा गोल्डकप सम्पन्न गर्न मुल आयोजक तथा उपसमिति गठन

२९ मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1181


२४औ आहा ! रारा पोखरा गोल्डकप सम्पन्न गर्न मुल आयोजक तथा उपसमिति गठन

पोखरा स्पोर्टस,

पोखरा।सहारा क्लब पोखराले आसन्न मोफसलकै चर्चित फुटबल प्रतियोगिता ‘आहा ! रारा पोखरा गोल्ड कप’ सम्पन्न गर्न मुल आयोजक, सल्लाहकार समिति तथा विभिन्न उपसमिति गठन गरेको छ ।

सहारा क्लब पोखराका महासचिव रामजी प्रसाद अधिकारीका अनुसार क्लबको सम्पन्न बैठकले क्लबका अध्यक्ष केशवराज बरालको संयोजकत्वमा ५०१ सदस्यिय मुल आयोजक समिति, १०१ सदस्यि सल्लाहकार समिति संगै २१ सदस्यिय उपसमिति गठन गरेको हो ।

सहारा क्लब पोखराको आयोजनामा २४औं संस्करणको आहा! रारा पोखरा गोल्डकप यहि माघ २२ देखि फागुन ३ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने पक्का भएको छ ।

यसै गरी क्लबका बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङलाई प्रतियोगिता संयोजकको जिम्मेवारी दिइएको छ महासचिब रामजी अधिकारी मुल आयोजक समितिको महासचिबमा तथा क्लबका सल्लाहकार सुनिल गुरुङ अर्थ संकलन उपसमितिको संयोजकमा मनोनयन गरिएको छ ।

त्यसै गरी प्रचार–प्रसार उपसमितिको संयोजकमा दिपेन्द्र श्रेष्ठ, शान्ति सुरक्षामा टिका कार्की, अतिथी सत्कारमा गणेश बहादुर भट्टराई, सहभागि टिम सम्पर्कमा पूर्व अध्यक्ष विक्रम थकाली, स्वयंसेवक परिचालनमा मानार्थ सदस्य प्रकाश शेरचन, प्राविधिक तथा अनुशासन समितिमा मानार्थ सदस्य खेमबहादुर गुरुङ प्राविधिक तथा अनुशासन, मानार्थ सदस्य मुछेत्र गुरुङ आवाश व्यवस्थापन, मञ्च व्यवस्थापनको संयोजकमा क्लबका सल्लाहकार शम्भु कार्कीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै प्राथमिक उपचार उपसमितिको संयोजकमा क्लबका सल्लाहकार डा रबीन्द्र श्रेष्ठ, लियाजनमा तेजबहादुर गुरुङ, यातायत व्यवस्थापनमा योगेन्द्र के.सी., संघ संस्था तथा शाखा समन्वयमा पूर्व अध्यक्ष बिरभद्र आचार्य, अनुगमनमा मानार्थ सदस्य महेश गुरुङ, विद्यालय समन्वयमा सल्लाहकार मदन के.सी., खेल मैदान व्यवस्थापनमा तोरणबाहदुर बानियाँ, सचिवालय, शिल्ड, मेडल, ट्रफी, प्रमाणपत्र व्यवस्थापनमा पूर्व अध्यक्ष केशबबहादुर थापा र आयोजक टिम तयारी समितिमा निवर्तमान अध्यक्ष हरिराम गुरुङलाई मनोनयन गरिएको छ।

(साभार)



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?