३० मंसिर, २०८१
तमुधि युके प्रवक्ता,
मीचेट लण्डन। गण्डकी पर्वत जिल्ला पुर्ख्यौली घर भुकोःतान्ग्ले गाउ बाबा स्व.सुनार गुरुङ्ग र आमा स्व.मनसुवा गुरुङ्गको कोखबाट बि.सं. २०१८ मा दुइ दिदी एक बहिनीको प्यारो तेश्रो सन्तानको रुपमा जन्मनु भएका जुमकाजी गुरुङको प्रारम्भिक शिक्षा श्री सिद्द प्राथमिक स्कुल तान्ग्ले पर्वतमा पुरा गरि बाबा आमाको साथ पोखरा राम बजार -१० मा बसोबास गर्नु भयो। त्यस पश्च्यात जनप्रिय निम्न माध्यमिक हुदै अमर सिंह हाइस्कुलबाट एस एल सी उतिर्ण गरि इ.सं.१९८० मा गोर्खा सैनिक इन्जिनियरमा भर्ति भएर १९८४ मा कमला गुरुङसंग बैबाहिक जीवनमा बाधिन १९९७ मा गोर्खा सैनिकबाट अबकास पाए पछि समाजसेवा लागेको हो।
तमु धीको ह्याम्प्सर इकाइ बाट साधारण सदस्य हुदै एक कार्यकाल उपध्यक्ष,ह्याम्पायसर इकाइको अध्यक्ष पदमा दुइ कार्यकाल समाज सेवा गरि रहे। त्यस पश्च्यात तमु धी युकेको कोषाध्यक्ष र दुइ कार्यकाल उपाध्यक्ष र एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुदै तमु धी युकोको आदर्श तमुबाट सुशोभित,अत्यान्तै सरल र एक अनुभव व्यक्ति आजको भएको अधिबेसनबाट १३ औ कार्यसमितिको अध्यक्ष्य बन्न सफल हुनुभएको छ।
हाल अध्यक्ष गुरुड्ग लोक बहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपालको संरक्षक,राम बजार समाज युकेको पुर्व अध्यक्ष,तमु फोरम युकेको कोषाध्यक्ष,सहारा युकेको सल्लहाकार,एनआरएन युकेको सल्लाहाकार,तमु कलाकार सांस्कृति मच युकेको सल्लाहकार,रशमोर बोरो नेपाली कम्युनिटि युकेको सल्लाहकार,तमु संसारको सल्लाहाकार,गुरुङ साहित्य मंच नेपालको सदस्य समेतमा आबद्द छन।
हाल बेलायतको फार्नबोरोमा छोर/बुहारि,छोरी/ज्वाइ,एक नाति,एक नातिनी र श्रीमती कमला गुरुङको साथमा बस्दै आउनु भएको छ।
नया पदाधीकारीहरुको नामावली-