Monday February 10, 2025

तमुधि युकेको अध्यक्षमा जुमकाजी गुरुड्ग,सबै पदाधिकारीहरु निर्बिरोध

३० मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1282


तमुधि युकेको अध्यक्षमा जुमकाजी गुरुड्ग,सबै पदाधिकारीहरु निर्बिरोध

शीतलपाटीन्युज डटकम।

लन्डन। बेलायतको प्रभावशाली जातीय संस्था तमुधिं यूकेको अध्यक्षमा जुमकाजी गुरुङ निर्विरोध निर्वाचित भएका छन्। संस्थाको मिचेटस्थित आफ्नै कम्युनिटी भवनमा सम्पन्न १३ औं अधिवेशनले जुमकाजी गुरुड्गको  अध्यक्षतामा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चुनिएको हो।

दुई वर्षका लागि १३ औं कार्यसमितिको अध्यक्ष निर्वाचित गुरुङ यसअघि ह्याम्पसायर ईकाइको अध्यक्ष, तमुधिं यूकेमा एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष थिए । 


उनी को हुन् तल पढ्नुहोस्-
गन्डकी प्रदेशको पर्वत जिल्ला भुको तान्ग्ले गाउं पुर्ख्यौली घर भएका उनी स्व. सुनार गुरुङ र आमा स्व. मनसुवा गुरुङको कोखबाट विंस. २०१८ सालमा जन्मिएका थिए। सन् १९८४ मा कमला गुरुङसंग बैबाहिक जीवनमा बांधिए जुमकाजी। सन् १९८० मा ब्रिटिश गोर्खा सैनिकमा भर्ती भएका उनी सन् १९९७ मा अवकास पाएपछि समाजसेवामा लागेका थिए।

तमुधिं यूकेको ह्याम्पसायर ईकाइमा साधारण सदस्य हुंदै एक कार्यकाल उपाध्यक्ष र दुई कार्यकाल अध्यक्ष गरेपछि उनी तमुधिं यूकेको कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष एवं एक कार्यकाल वरिष्ठ उपाध्यक्ष हुंदै अहिले १३ औं कार्यसमितिको अध्यक्ष बन्न सफल भएका छन्।


हाल उनी लोकबहादुर गुरुङ स्मृति प्रतिष्ठान नेपाल को संरक्षक, राम बजार समाज यूकेको भूपू अध्यक्ष, तमु फोरम यूकेको कोषाध्यक्ष, सहारा यूकेको सल्लाहकार, एनआरएनए यूकेको सल्लाहकार,तमु कलाकार सांस्कृतिक मञ्च यूकेको सल्लाहकार,रसमोर बरो नेपलिज कम्युनिटी यूके सल्लाहकार,तमु संसारको सल्लाहकार र गुरुङ साहित्य मञ्च नेपालको सदस्य छन्। हाल बेलायतको फार्नबरोमा छोरा बुहारी, छोरी-ज्वाईं, एक नाति र एक नातिनी तथा श्रीमती कमला गुरुङको साथ बस्दै आएका छन्।


त्यसैगरि,उपाध्यक्षहरुमा परशु गुरुङ, कमल गुरुङ र दिलमाया गुरुङ,महासचिवमा डा.विशाल गुरुङ,सचिव बिमल गुरुङ,कोषाध्यक्षमा अरुण गुरुङ र सहकोषाध्यक्ष प्रेमराज गुरुङ चुनिएका छन्।


खेलकुद प्रमुखमा क्याप्टेन दिपक घले,सांस्कृतिक सचिव श्रीमति पार्वती गुरुङ (गुड्डु), सञ्चार सचिव सविन्द्रकुमार गुरुङ (एसके),युवा विभाग राजेन्द्र गुरुङ,सम्पत्ति विभाग दीपक गुरुङ,कल्याणकारी विभाग कुमार घले र फोटोग्राफरमा मिलन तमु चुनिएका छन्। त्यसैगरि, सदस्यहरुमा भोजबहादुर गुरुङ,टंकमार्टिन गुरुङ,श्रीमति हेलिसा गुरुङ,देवकला गुरुङ, श्रीमति पार्वती गुरुङ (माइला), उमरजंग गुरुङ,मोतीप्रसाद गुरुङ, बुद्ध घले,प्रकाश गुरुङ,मदन गुरुङ,विकास (रक) गुरुङ,सोम घले र कुमार गुरुङ छानिएको तमुधिं यूकेले जनाएको छ।

अधिवेशनले तमुधिं यूके आमा समूह पनि निर्वाचित गरेको छ। आमा समूहको अध्यक्षमा श्रीमति कमलादेवी गुरुङ चुनिएकी छन् भने उपाध्यक्षद्धयमा नन्दा गुरुङ र जयन्ती गुरुङ छानिएका छन्। त्यस्तै,महासचिवमा श्रीमति शान्त गुरुङ,सचिव अन्जु गुरुङ,कोषाध्यक्ष कोमल (मुना) गुरुङ र सहकोषाध्यक्ष श्रीमति ध्रुव गुरुङ छानिएका छन्।


त्यसैगरि सदस्यहरुमा यमन्ती गुरुङ,सृजना गुरुङ,शोभा गुरुङ,इश्वरी गुरुङ,रनजी गुरुङ,सगुन गुरुङ,श्रीमति कृष्ण गुरुङ,सावित्री गुरुङ, सुप्रिया गुरुङ,इन्द्र (विष्णु) गुरुङ,सती गुरुङ,रामकुमारी गुरुङ,नन्दा (मिठु) गुरुङ,पञ्च गुरुङ,सुष्मा गुरुङ,सीत गुरुङ, लिडिया गुरुङ,सुलोचना गुरुङ, तारा गुरुङ,गौमाया गुरुङ र सन्तोषी गुरुङ छानिए।

नयां कार्यसमितिलाई निर्वाचन समितिका प्रमुख आयुक्त एकेन्द्र गुरुङले शपथ गराएका थिए। निर्वाचन समितिमा सदस्य मेजर कृष्णबहादुर गुरुङ र क्याप्टेन वालकृष्ण गुरुङ थिए। १३ औं कार्यसमितिका लागि निर्वाचन समितिले निर्धारण गरेको समयसीमाभित्र एक भन्दा बढी उम्मेदवारी नपरेपछि जुमकाजी गुरुङसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो।

तमुधिं यूके अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा कोषाध्यक्ष दिलमाया गुरुङको आयव्यय र महासचिव डा.विशाल गुरुङको सांगठनिक प्रतिवेदन पारित गरीयो।

नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ र पूर्व अध्यक्षहरु रामचन्द्र (सूर्जे) गुरुङ,ज्ञाम गुरुङ,नन्दजंग गुरुङ,एनआरएनए यूके अध्यक्ष समेत रहेका हितकाजी गुरुङ,एनआरएनए यूके पूर्व अध्यक्षहरु सूर्य गुरुङ र पुनम गुरुङसहित संस्थाका ट्रष्टी एवं सल्लाहकारहरुले बधाई तथा शुभकामना दिएका थिए।

डिसेम्बर २०२४ सम्म कार्यकाल रहेको १२ औ कार्यसमितीले आउंदो २८ डिसेम्बरका दिन लन्डन ह्यारोमा हुन लागेको ल्होछार तथा संस्थाको २५ औं वार्षिकोत्सवका अवसरमा १३ औ नयां कार्यसमितिलाई औपचारिक पदभार ग्रहण गराइने कार्यक्रम छ।

नया कार्यसमिती पदाधिकारीहरु-



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?