Monday February 10, 2025

डिआइजी दानबहादुर कार्कीद्वारा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

३० मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1296


डिआइजी दानबहादुर कार्कीद्वारा लुम्बिनी प्रदेश प्रहरी प्रमुखको पदभार ग्रहण

नागरीक सुरक्षा खवरबाट ।
काठमाण्डौ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्रमुखको रुपमा प्रहरी नायव महानिरीक्षक (डीआइजी) दानबहादुर कार्कीले कार्यालयमा हाजिर हुनु भई कार्यालयको पदभार ग्रहण गर्नु भएको छ। 

नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउनु भएका वहाँले यस अघि नेपाल प्रहरी संगठनको महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरि सक्नु भएको छ।

बिशेष गरेर अपराध अनुसन्धान र अन्तराष्ट्रिय आतंकवाद नियन्त्रण सम्बन्धी राम्रो ज्ञान भएका वहाँले अपराध अनुसन्धानको क्षेत्रमा बिभिन्न चर्चित अपराधका घटनाहरुमा अनुसन्धानको नेतृत्व गर्नु भई सफलता हासिल गर्नु भएको छ।

यसै गरी वहाँले बिभिन्न जिल्ला प्रहरी कार्यालयहरु तथा जिल्ला प्रहरी परिसर काठमाण्डौमा समेत सफल नेतृत्व निर्वाह गरिसक्नु भएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?