Monday February 10, 2025

माया सपोर्टेड लिभिङद्वारा लन्डनमा अवार्ड वितरण

३० मंसिर, २०८१ शीतलपाटीन्युज डटकम। 1188


माया सपोर्टेड लिभिङद्वारा लन्डनमा अवार्ड वितरण

GNNNEWS-

लन्डन। लन्डनस्थित नेपाली व्यवसायीद्वारा सञ्चालित कम्पनी ‘माया सपोर्टेड लिभिङ लिमिटेडले गाला डिनर तथा अवार्डस् नाइट आयोजना गरेको छ।

शुक्रबार लन्डनस्थित हन्स्लो वेष्ट ब्याङक्यूटिङ हलमा आयोजित समारोहमा कम्पनीले आफ्ना कर्मचारी तथा क्रिकेट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको हो।

 वेष्ट फिल्डर अफ द सिजन अवार्ड विशाल बन्जाडे, वेष्ट बलर अफ द सिजन चन्दन रावल, वेष्ट ब्याट्सम्यान अफ द सिजन प्रकाश विष्ट, आउटस्ट्याण्डिङ अफ द सिजन सचिन शर्मा र ट्यालेन्ट अफ द सिजन अवार्ड नवीन तामाङले प्राप्त गरे।’सरप्राइज अफ द इयर’अवार्ड आशिष कुर्मीले पाए।

सो अवसरमा माया सपोर्टेड लिभिङमा ५ वर्ष काम गरिसकेका कर्मचारीहरुलाई पनि विशेष सम्मान गरियो। सम्मानित हुनेहरुमा लेखनाथ घिमिरे (चिफ अकाउन्टेन्ट तथा मेन्टर),हरि भट्ट (आइटी एण्ड मेन्टर),मार्गरेट थम्पसन,रोजन कार्की,सुदीप ढकाल,सुजिता बजगाईं र सुधा अधिकारी पौडेल छन्।

प्रमुख अतिथि  रोयल बरो अफ ग्रीनवीचका मेयर काउन्सिलर जीत रानाभाटले अवार्ड प्रदान गरे। माया सपोर्टेड लिभिङका प्रवन्ध निर्देशक राज पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सहयोगी,प्रायोजक,अतिथीहरु लगायत सबैप्रति आभार व्यक्त गरेका छन्। उनले ट्रफी डिजाइनमा सहयोग गरेका माया ब्राण्ड एम्बेसडर तथा कर्णाली याक्सका कोचप्रति पनि कृतज्ञता व्यक्त गरे।आफ्नो कम्पनी स्थापनाको ६ वर्ष पुरा हुंदा कर्मचारीको पूर्ण साथबाट नै सफलता मिलेको पनि पाण्डेले बताए।

माया क्रिकेट अवार्डका लागि नेपाल फुड्स,नेपाली बियर, एचटिआर केयर एण्ड रिक्रुटमेन्ट,ह्याम्सटेड इयर क्लिनिक,क्याटलिष्ट आइटी र किया ओभल स्टेडियमले प्रायोजन गरेका हुन्।

कार्यक्रममा कम्पनीका कर्मचारी,कर्पोरेट व्यक्तित्व र मायाका सरोकारवालाहरु अतिथीका रुपमा सहभागी थिए। मायाले प्रमुख अतिथी र अतिथीहरुलाई ढाका टोपी र दोसल्लाले स्वागत गरेको थियो। क्रिसमस र अंग्रेजी नयां वर्ष समेत मनाइएको उक्त इभेन्टमा डिजे हेम विष्टले राती अबेरसम्म नचाए।

फेबुअरी २०१९,२१ तारिखदेखि सेवा दिन थालेको माया सपोर्टेड लिभिङका अहिले १० वटा शाखा छन्। मायाले लर्निङ डिसेबलिटी,अटिजम, मेन्टल हेल्थ (डिमेन्सिया) जस्ता बिरामीलाई ‘सपोर्ट’ गर्छ।

तस्विरहरुः कुशल श्रेष्ठ/ के के फिल्मस् एण्ड मिडिया॥



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?