Saturday June 14, 2025

लण्डनमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय प्रजापति ‘ज्यापु हलिं सम्मानित

१ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1449


लण्डनमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा सक्रिय प्रजापति ‘ज्यापु हलिं सम्मानित

शीतलपाटीन्युज डटकम।
काठमाडौं। बेलायतमा रहेर नेवारी कला र संस्कृतिको प्रवर्द्धनमा निरन्तर सक्रिय अभियन्ता सुशील प्रजापति ज्यापु हलिं विशेष सम्मानबाट सम्मानित भएको समाचार छ।


२१ औं ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजापतिलाई ‘ज्यापु हलिं विशेष सम्मान’ बाट सम्मान गरेका हुन् ।

डायस्पोरामा नेवारी कला, संस्कृति,जात्रा,बाजागाजा, भाषालगायतको प्रवर्द्धनमा निरन्तर योगदान दिएबापत ज्यापु संस्कृति संरक्षण कोषका तर्फबाट प्रजापतिलाई सम्मान गरिएको हो। कोषले हरेक वर्ष योमरी पुन्हीका दिन मनाउँदै आएको ज्यापु दिवसका अवसरमा नेवारी कला,संस्कृतिका क्षेत्रमा योगदान गर्ने अभियन्ताहरुलाई सम्मान गर्दै आएको छ। यस वर्ष सम्मान पाउने आधा दर्जन व्यक्तित्वमध्ये बिदेशमा रहेर डायस्पोराबाट प्रजापति मात्रै सम्मान पाएका थिए।

प्रधानमन्त्रीबाट ज्यापु हलिं विशेष सम्मानले सम्मानित प्रजापति पासा पुचः गुथि यूकेका वर्तमान अध्यक्ष हुन्। उनले डेढ दशकभन्दा लामो समयदेखि बेलायतमा नेवारी बाजा,भाषा,जात्रा, परिकार लगायतको प्रवर्द्धन गर्दै आएका छन्।

प्रजापतिको सोही कार्यको कदरस्वरुप यसअघि लन्डनको रोयल ग्रीनवीच बरोले पनि उनलाई ‘सिभिक अवार्ड’ प्रदान गरेको थियो।
साभार-रफतन्युज।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?