Saturday February 08, 2025

सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौडको तयारी भब्य

२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1129


सात सय कोल्मा बहाकोट क्रस कन्ट्रि दौडको तयारी भब्य

शीतलपाटीन्युज डटकम।

पोखरा। स्याङजा पुतलीबजार वडा नं ९ स्थित सात सय कोल्मा बहाकोटमा आयोजना हुने पाँचौ सस्करणको क्रस कन्ट्रि दौडको तयारी पुरा भएको छ।

सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा आगामी पौष ८ गते क्रस कन्ट्रि हुने भएको हो। क्रस कन्ट्रिको सम्पूर्ण तयारी पुरा भएको संस्थाका सल्लाहकार मन बहादुर थापाले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन्।

सो क्रस कन्ट्रि अन्तर्गत हुने विभिन्न इभेन्टमा २ सय भन्दा बढिले नाम दर्ता गरीसकेको थापाले बताएका छन्।

खेलकुद मार्फत आन्तरिक र बाह्य पर्यटनलाई अघि बढाउन पाँच वर्ष अघि सुरु भएको क्रस कन्ट्रिमा विभिन्न ४ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ। क्रस कन्ट्रि अन्तर्गत २५ किमि पुरुष, १० किमि महिला/पुरुष, ५ किमि छात्रा दौड र ५ किमि छात्र/छात्रा समुह दौड हुनेछ।

सल्लाहकार थापाका अनुसार २५ किमि पुरुषको मुख्य इभेन्टतर्फ पहिलो,दोस्रो र तेस्रो हुने धावकले क्रमश नगद रु ५०, ४० र ३० हजार नगहिलादका साथमा मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा दशौं स्थानसम्म प्राप्त गर्ने खेलाडीहरुलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ।

त्यसै गरी १० किमि पुरुष/महिला तर्फका बिजेता खेलाडीहरुले क्रमश नगद रु १५, १० र ५ हजार, ५ किमि छात्रा दौड तर्फका बिजेताले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किमि छात्र/छात्रा दौड समुहका बिजेताले क्रमश नगद रु १२, ८ र ४ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्।

उक्त प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख ३४ हजार खर्च हुने आयोजकले जनाएको छ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?