Saturday February 08, 2025

गोरखा जिल्ला गुरुङ समाज यूकेले २०२४ को ल्होछार पर्व मनाउदै

३ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1158


गोरखा जिल्ला गुरुङ समाज यूकेले २०२४ को ल्होछार पर्व मनाउदै

शीतलपाटीन्युज डटकम।
लण्डन। गोरखा जिल्ला गुरुङ समाज यूकेले यस वर्षको ल्होछार कार्यक्रममा शितल गुरुङसहित ३ जना कलाकारका साथ मनाउने भएको छ। शनिबार २८ डिसेम्बरमा फोल्क्टोन,केन्टमा हुने सप्ह्री ल्हो ल्होछार सांस्कृतिक कार्यक्रम २०२५ का लागि शितलसहित गायिका हरिमाया गुरुङ,बिमला गुरुङ बेलायत आउने निश्चित भएको आयोजकले जनाउनु भएको छ। 

केन्टस्थित हकिङ कम्युनिटी हल हेरोनमा हुने उक्त कार्यक्रममा लोक तथा दोहोरी गायिका रेजिना परियारको समेत प्रस्तुति रहनेछ। रेजिना केही महिनादेखि नै बेलायतको सांगीतिक भ्रमणमा छिन्।
कार्यक्रम दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्मका लागि निर्धारण गरिएको छ। 
 
कार्यक्रममा सहभागी हुन वयस्कलाई २५ पाउन्ड र ६ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई १२ पाउन्ड शुल्क तोकिएको छ भने ५ वर्ष मुनिका बालबालिकालाई नि:शुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। 
 
मितिका आधारमा पुस १५ मा मनाइने तमु ल्होछार देश विदेशमा मुख्य दिनको अघि पछि पनि हुने गरेको छ। तमु (गुरुङ) समुदायले यस वर्ष मुप्रि ल्हो (गिद्द वर्ग) को बिदाइ र सप्ह्री ल्हो (सर्प वर्ग) ल्हो को स्वागत गरी ल्होछार मनाउँदै छन् ।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?