४ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
बुटबल। लुम्बिनी प्रदेश प्रहरी प्रहरी तालिम केन्द्र, बुटवलमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीबाट निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न भयो।
निरीक्षणका क्रममा डिआइजी दानबहादुर कार्कीले कार्यालयको विभिन्न शाखाहरुको निरीक्षण गर्नुका साथै तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक माधव प्रसाद श्रेष्ठले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको समग्र वस्तुस्थितिको बारेमा प्रस्तुतीकरण गर्नु भएको थियो।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षकबाट संगठनको उद्देश्य र मर्मअनुरुप तोकिएको जिम्मेवारी त्रुटिरहित सम्पन्न गर्नका लागि कार्यरत प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरूलाई आवश्यक निर्देशन समेत सम्बोधन गर्नुभएको थियो।
श्रोत- सुरक्षा सरोकार।