Friday February 07, 2025

तमुधिं नेपालका अध्यक्ष हुम गुरुड्गलाई लण्डनमा भब्य स्वागत

११ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1272


तमुधिं नेपालका अध्यक्ष हुम गुरुड्गलाई लण्डनमा भब्य स्वागत

शीतलपाटीन्युज डटकम।
लन्डन । तमु धीं यूकेको निमन्त्रणामा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ र तमु धीं जापानका उपाध्यक्ष अर्मन गुरुङलाई बेलायतको हिथ्रो एअरपोर्टमा तमुधि युके अध्यक्ष जुमकाजी गुरुड्गको एक टोलीले भब्य स्वागत गरेको छ।
 

उहाहरु बुधबार राति २५ डिसेम्बर २०२४ मा लन्डनको हिथ्रो एयरपोर्ट उत्रिदा उहाहरुको स्वागतका लागि तमु धीं यूकेका वर्तमान अध्यक्ष जुमकाजी गुरुङ,निवर्तमान अध्यक्ष हरि गुरुङ्ग,पूर्वअध्यक्ष ज्ञाम गुरुङ,उपाध्यक्ष कमल गुरुङ,आमा समूह अध्यक्ष कमलादेवी गुरुङले लगायतले एयरपोर्ट पुगेर भब्य स्वागत गर्नु भएको थियो। 

एयरपोर्टमा ओर्लदै स्वागतका क्रममा तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले आफ्नो धारणा राख्दै तमु धीं यूकेजस्तो विश्वभरिमा उदाहरणीय संस्थाले आफ्नो रजत महोत्सव ल्होछार समारोहमा आफूलाई निमन्त्रणा गरेकोमा धन्यवाद व्यक्त गरेका थिए। तमुधी नेपालका अध्यक्ष गुरुड्गले सप्री ल्होको अवसरमा हुने कार्यक्रम कार्यक्रमलाई सफलताको शुभकामना दिँदै कार्यक्रममा उपस्थिति हुनका लागि आग्रह गरेका थिए।  
 
अर्का आमन्त्रित पाहुना तमुधि जापानका उपाध्यक्ष अर्मन गुरुङले पनि तमु धीं जापानलाई निमन्त्रणा गरेकोमा आफूले प्रतिनिधित्व गरेर यहाँ बेलायत आएको बताउनु भयो। 

 सो अवसरमा तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङले दुवै पाहुनालाई स्वागत गर्दै २८ तारिखमा हुने सांगीतिक कार्यक्रम सहितको ल्होछार र रजत महोत्स्वमा उपस्थिति भै कार्यक्रम हुने हुदा खुसी ब्यक्त गर्नु भएको थियो।   
 
तमु धिं यूकेको ल्होछार र रजत महोत्सब कार्यक्रम यही २८ डिसेम्बरमा ह्यारो लेजर सेन्टरमा धुमधामका साथ हुँदैछ।

श्रोत-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?