Monday February 10, 2025

आर के त्रिपाठी कांग्रेस केन्द्रिय आर्थिक निती तथा योजना विभाग सदस्यमा नियुक्त

११ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1228


आर के त्रिपाठी कांग्रेस केन्द्रिय आर्थिक निती तथा योजना विभाग सदस्यमा नियुक्त

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाली कांग्रेसका नेता,बौद्धिक व्यक्तित्व आर के त्रिपाठी कांग्रेस केन्द्रिय आर्थिक निती तथा योजना विभाग सदस्यमा सदस्यमा नियुक्त हुनु भएको छ।पार्टी सभापती शेर बहादुर देउवाले बौद्धिक व्यक्तित्व आर के त्रिपाठी लाई कांग्रेसको तर्फवाट देशलाई सल्लाह दिने आर्थिक निती र योजना तर्जुमा गर्ने महत्वपूर्ण केन्द्रिय आर्थिक निती तथा योजना विभाग सदस्यमा नियुक्त सदस्यमा नियुक्त गर्नु भएको हो।

देशको अर्थतन्त्रलाई पार्टीको तर्फवाट सल्लाह दिने यो केन्द्रिय अर्थ विभागलाई महत्वपूर्ण विभाग मानिन्छ।यस विभागमा बौद्धिक,प्राज्ञिक र उच्च शिक्षा हासिल गरेका अनुभबी व्यक्तिहरुलाई नियुक्त गर्ने प्रचलन छ। केन्द्रिय अर्थ विभागमा मनोनीत भई काम गरेका सदस्यहरुलाई प्राय योजना आयोग र प्राज्ञिक क्षेत्रमा नियुक्ति गर्ने प्रचलन छ।

बेलायत स्थित अन्तराष्ट्रिय नेपाली समुदायका अब्बल समाजसेवी बौद्धिक व्यक्तित्व आर.के.त्रिपाठी यस अगावै नेपाली काँग्रेसको अन्तराष्ट्रिय संबन्ध तथा बिदेश निती बिज्ञमा मनोनित भएका थिए।त्यसै गरि यस अगाबै अघि आर के त्रिपाठीलाई नेपाली कांग्रेसले निर्माण विभाग सदस्यमा नियुक्त गरेको थियो। त्रिपाठी नेपाली डायस्पोराका बौद्धिक व्यक्तित्व मानिन्छन्। नेपाली कांग्रेस पार्टीले बिदेशमा बसोबास गरेका नेपाली कांग्रेस कार्यकर्तालाई महत्वपूर्ण केन्द्रिय आर्थिक निती तथा योजना विभागमा पहिलो पटक नियुक्त गरेको हो।

यस नियुक्ति संवन्धमा आर के त्रिपाठीले नेपाली कांग्रेस पार्टी र नेतृत्वलाई विशेष धन्यवाद दिंदै आफ्नो योग्यता र अनुभवले भ्याएसम्म नेपाली कांग्रेस पार्टीको संगठन मजबुद गर्न र नेपाली कांग्रेस पार्टीको समाजवादी अर्थ नितीको बारेका सदैब सल्लाह प्रदान गर्ने बताए।नेपालको दिर्घकालिन विकाश योजना लाई अन्तराष्ट्रबाट प्राप्त अनुभबलाई भरपूर प्रयोग गर्ने बताउनु भयो। कांग्रेसको केन्द्रिय आर्थिक निती तथा योजना विभागमा मनोनीत जिम्मेवारी सहितको पत्र पाएको त्रिपाठीले बताए।उनले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी निर्वाह गर्ने समेत बताएका छन् ।

बेलायत स्थित नेपाली समुदायमा विभिन्न संघ संस्थामा नेतृत्व गरी सल्लाहकार समेत रहेका समाजसेवी त्रिपाठी नेपाली जनसम्पर्क समिति बेलायतका तिन कार्यकालको लागी पूर्व महामन्त्री समेत हुन्।त्यसै गरि गैर आवासीय नेपाली संघ बेलायतको दुई कार्यकाल पूर्व महासचिव समेत रहेका उनी बेलायतको ब्यस्त ट्रान्सपोर्ट अफ लण्डन अन्डरग्राउन्डका सिनियर इन्जिनियर समेत हुन्।त्रिपाठी सिभिल इन्जिनियरिङ विषयमा स्नातक र कन्ट्रक्सन प्रोजेक्ट मेनेजमेण्ट विषयमा स्नातकोत्तर हुन्।

भर्खरै बेलायतमा भएको आम निर्वाचनमा लेबर पार्टी लाई संसदिय चुनाब जिताउन आफू बसोबास गर्ने पश्चिम लण्डन स्थित वेष्ट ह्यारो क्षेत्रको लिड चुनाबी संयोजक तोकिएका थिए।त्रिपाठीकै सक्रियतामा लेवर पार्टिले संसदिय चुनाब जितेको थियो।उनकै क्षेत्रको सांसद बेलायतमा मन्त्री भए पछि धन्यवाद दिन आर के त्रिपाठी निवास आएका थिए।

बौद्धिक व्यक्तित्व आर के त्रिपाठी लेख,रचना, स्ट्याटस,अन्तरवार्ता मार्फत नेपालको मानब अधिकार,प्रजातन्त्र,पारदर्शिता,भ्रष्टाचार निवारण,बेरोजागी अन्त्य र कानुनी शासन पूर्ण स्थापना गर्न खबरदारी गरि रहन्छन्।

त्रिपाठीको सिभिल इन्जिनियरिङ्ग,मेघा प्रोजेक्ट मेनेजमेण्ट,क्वालीटी कन्ट्रोल,प्रोजेक्ट सेफ्टी विषयमा धेरै लेख,रचना र रिसर्च पेपर प्रकाशनमा आएका छन्।मेघा प्रोजेक्ट मेनेजमेण्ट,डिले कन्ट्रोल विज्ञ  र विकाश विज्ञ त्रिपाठीको सल्लाह सुझाब नेपालमा मात्र नभएर बेलायतका ठूलो कम्पनी र राजनितिज्ञहरुले समेत लिई रहेका छन्।त्रिपाठी विगतमा एनआरएन आईसिसि अनरी काउन्सील सदस्य र केन्द्रिय टाष्क फोर्समा बसि काम गरेका व्यक्तित्व हुनुहुन्छ।

पछिल्लो नियुक्तिलाई त्रिपाठी परिवारको लामो संघर्ष र इतिहाँसको कदर भन्दै त्रिपाठीले नेपाली कांग्रेस केन्द्रिय समिती सभापती शेर बहादुर देउवा,बरिष्ठ नेता डा शेखर कोइराला,कांग्रेस केन्द्रिय अर्थ विभाग संयोजक डा गोविन्द राज पोखरेल,महामन्त्री गगन थापा, विश्व प्रकाश शर्मा,सह-महामन्त्रीहरु लगायत सिंगो नेपाली कांग्रेस लाइ एवं नियुक्तिको लागी सिफारिश गर्ने संपूर्णमा धन्यवाद ज्ञापन गर्दै नेपाली कांग्रेसको शाख,शान र मान बढाउन इमान्दारिता साथ सदैब बौद्धिक कृयाशिल हुने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

पद सानो ठूलो हुँदैन,गर्ने कार्य,पार्ने प्रभाव र रुपान्तरण ठूलो कुरा हो। सबैले आफ्नो आफ्नो क्षेत्रबाट नेपालको संवृद्धि र विकाशमा योगदान गरौं।कांग्रेशको शान,मान र आवश्यकता स्थापना गरौं।२०८४ मा नेपाली कांग्रेसलाई बहुमत दिलाउन जन-हितमा जोड दिऔं,त्रिपाठीले भने।

‘पार्टी कामको लगानी,पारिवारिक इतिहाँस, सक्रियता,बौद्धिकता,इमान्दारिता र देशको हक-हितको निम्ती मैले गरेको कामलाई सम्मान गर्दै पार्टीले मलाई यो जिम्मेवारी दिएको महसुस गरेको छु,उनले भने,‘यसबाट आगामी दिनमा समग्र पार्टीलाई सुदृढ बनाउने अभियानमा अझै लाग्नेछु। नेविसंघ,तरुण दल हुँदै नेपाली कांग्रेसमा क्रियाशील आर के त्रिपाठी संपूर्ण परिवारको राणा काल देखि नै नेपालको प्रजातन्त्र प्राप्तीको आन्दोलनमा विशेष योगदान रहेको छ।त्रिपाठी डायस्पोराका चर्चित बौद्धिक लेखक र समाजसेवी गनिन्छन्।

पछिल्लो समयमा त्रिपाठीले नेपालको Climate Change Effect Minimise गर्न बेलायत,संयुक्त राष्ट्र संघ,यूरोपियन युनियन मार्फत तिब्र बौद्धिक लबि र ध्यानाकर्षण गरिरहेका छन्।हालै मात्रै बेलायती मन्त्रीसंग विशेष भेटघाट गर्दै बेलायत सरकारले DFID मार्फत नेपाल सरकारलाई गरिरहेको सहयोग बढाई दिन विशेष आहवान गरेका छन्।

नेपाल सरकार भवन विभाग सिंहदरवार सचिवालय पु:न निर्माण प्रोजेक्टका पूर्व इन्जिनियर त्रिपाठी तत्कालीन समयमा जलश्रोत मन्त्रीका निजी सचिब भई काम गरिसकेका व्यक्तित्व हुनुहुन्छ।विद्वान आर के त्रिपाठीको बेलायतका केहि मन्त्रीहरु संग समेत घनिष्ठ संबन्ध रहेको देखिएको छ।नेपालबाट बेलायत भ्रमण गर्ने अधिकांश कांग्रेस नेताहरु र नागरिक समाजका बुद्धिजिबीहरु आर के त्रिपाठी निवास पश्चिम लण्डनमा प्राय भेटघाट गर्न आएको देखिन्छ। 

केहि बर्ष अगाबै आर के त्रिपाठी लाई नेपाली कांग्रेस पार्टीका शिर्ष नेताहरुले नेपाल फर्केर उपयुक्त नियुक्ती लिन आग्रह गरेका थिए।तर पारिवारिक कारण यो संभब भएन।त्रिपाठी पछिल्लो समय बेलायतका मन्त्रीको सल्लाहकारको रूपमा कार्यरत हुनुहुन्छ।निकट भविष्यमा आर के त्रिपाठी लाई नेपाली कांग्रेस पार्टीले आमन्त्रित केन्द्रिय सदस्य बनाउने आंकलन गरिएको छ।

आर के त्रिपाठी बेलायत बाट संचालन हुने लण्डन नेपाल न्युजका डाइरेक्टर पनि हुन्।पछिल्लो समयमा आर के त्रिपाठी समुहले नेपालमा विभिन्न व्यवशायमा सामुहिक लगानी समेत गरेका छन्।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?