Saturday February 08, 2025

गायिका शर्मिला बर्देवाको ‘सजाय काफी हुँदैन’ गीत सार्वजनिक

१२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1164


गायिका शर्मिला बर्देवाको ‘सजाय काफी हुँदैन’ गीत सार्वजनिक

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायत निवासी गायिका शर्मिला बर्देवाको नयाँ गीत ‘सजाय काफी हुँदैन’सार्वजनिक भएको छ । 
 
क्रिसमसका दिन बुधबार नयाँ गीत ‘सजाय काफी हुँदैन’ सार्वजनिक गरिएको हो । उक्त गीत देवेन्द्र आचार्यले रचना गर्नुभएको हो भने कम्पोज-एरेन्ज राजेन्द्र बजगाईंको छ । मिक्सिङ/मास्टरिङ इन्जिनियर मनोज परियार हुनुहुन्छ । उक्त गीतको म्यूजिक भिडियो क्याच स्टुडियोले ल्याएको हो ।
 
नेपाली पार्श्व तथा आधुनिक गायनमा विशिष्ट स्थान बनाएकी बर्देवाले नेपाली चर्चित फिल्महरुमा पार्श्व गायन गर्नुभएको छ । बर्देवाका ‘फूलको जवाफ’, ‘मेरो हजुरलाई’, ‘तस्वीरमै यस्तो’, ‘आँखैमा झलझली’, ‘हिउँचुलीमा हिउँ’, ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ लगायत दर्जनौँ गीत चर्चित छन् ।
 
उहाँको यसअघि ‘मन सिउने धागो’ बोलको गीत बजारमा आएको थियो । बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) मा नर्सका रुपमा कार्यरत गायिका बर्देवाले आफ्नो गायन पेशालाई अझ बढी समय दिन नेपाल बसेको बताइन्।

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?