१३ पुष, २०८१
हेमन्त मल्ल ठकुरी
बोल्नेको मुख बन्द गरौं
देख्नेको आँखा
हिँड्नेलाई किन हिँड्न दिने ?
दुवै खुट्टा कसेर बाँधौं
हाथले मुठ्ठी कस्यो
कसेर बाँधौं
फेरि पनि सर्न खोज्ला
घाँटीमा दाम्लो कसौं
घरमुलिलाई तिम्रा विचार मन पर्दैनन्
यति पनि बुझ्नु पर्दैन ?
घरमुलिहरूलाई
आफूखुशी गर्न दिऊँ
आफूखुशी बोल्न दिऊँ
आफूखुशी चल्न दिऊँ
कहिले त थाक्लान्
कहिले त सोच्लान्
कहिले त थाहा पाउलान्
आफूले गरेको बेथिति
आफूले गरेको गल्ती
ए पछि-पछि थपडी बजाउनेहरू !
धेरै बजाए हाथ दुख्छ
धेरै भजन गाए
राग टुट्छ
बडका भलमन्साले भन्ने गर्छन्
सहीलाई सही भन्न सिक
गलतलाई गलत
होइन मान्छेलाई मात्रै होइन
मुलुकलाई पनि दशा लाग्छ
जय नेपाल
(साभार-नेपालीहेडलाइन डटकम।)