Monday February 10, 2025

ल्होछार पर्व मनाउदा लण्डन नेपालमय

१५ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1187


ल्होछार पर्व मनाउदा लण्डन नेपालमय

शीतलपाटीन्युज डटकम।
लन्डन। तमुधीं यूकेले क्राइस्टचर्च एभिन्यू,ह्यारो लेजर सेन्टरमा भव्य समारोहबीच स्थापनाको २५औं वर्षगाँठ तथा तमु ल्होछार मनायो। अध्यक्ष हरि गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडी प्रमुख अतिथि रहनु भएको थियो। महासचिव डा.विशाल गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा अंदाजी १५०० पाहुना र तमु परिवारको उपस्थिती थियो।

सो समारोहमा डा.हर्क गुरुङ अवार्ड वितरण,संस्थाको मुखपत्र फ्रेंसी विमोचन,हरि गुरुङ नेतृत्वको १२औं कार्यसमिति र नवनिर्वाचित अध्यक्ष जुमकाजी गुरुङ,आमा समूह अध्यक्ष सन्ध्या गुरुङ र नवनिर्वाचित आमा समूह कमलादेवी गुरुङ नेतृत्वबीच कार्यभार हस्तान्तरण,रजत महोत्सवको गीत सार्वजनिक,राफल ड्र,तमु धीं यूकेका संस्थापक अध्यक्ष,पूर्वअध्यक्षहरु, विभिन्न इकाइमा योगदान दिनेहरू,कम्युनिटी सर्भिस अवार्ड लगायतलाई बधाई तथा सम्मान गरिएको थियो।


डा.हर्क गुरुङ अवार्ड जीसीएसी उत्कृष्ट अंक ल्याउने लमजुङ पुर्ख्यौली घर भई हाल बेलायतमा रहेकी अम्बिका गुरुङले प्राप्त गरिन्। छनौट भएकी गुरुड्गलाई प्रमुख अतिथि उपनियोग प्रमुख विपिन दुवाडी र संस्थाका अध्यक्ष हरि गुरुङले खादा, प्रमाणपत्र र ५ सय पाउन्डको चेक हस्तान्तरण गरेर सम्मान गरेका थिए।


संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,पूर्वअध्यक्षहरु मेजर डमर घले एमबीई,मेजर लालबहादुर गुरुङ,सुवाससिं गुरुङ बीईएम, मुछेत्र गुरुङ,कमल गुरुङ, रामचन्द्र गुरुङ,ज्ञाम गुरुङ, नन्दजंग गुरुङ, हितकाजी गुरुङ लगायतलाई सम्मान गरियो। यस्तै संस्थापक सल्लाहकारहरु चन्द्रबहादुर गुरुङ,आशबहादुर गुरुङ,मिनबहादुर गुरुङ, संस्थापक कोषाध्यक्ष सूर्य गुरुङ र सदस्यहरूलाई पनि सम्मान गरिएको थियो। 


कम्युनिटी सर्भिस अवार्डतर्फ लन्डन इकाईबाट सिफारिस भएका प्रेमराज गुरुङ र लक्ष्मी गुरुङ,साउथ इस्ट रिजनल तमु धीं इकाइका ह्यारी गुरुङ,रन्जु घोताने,चारभन्ज्याङ तमु समाज यूकेबाट मास्टर प्रदीपजङ गुरुङ र अनमोल गुरुङ लगायतलाई पनि सम्मान गरिएको थियो।
अन्तर्राष्ट्रियस्तरमा आफ्नो प्रतिभा देखाउने समुदायका एक महिला र एक पुरुषलाई हरेक वर्ष प्रदान गर्ने उद्देश्य अनुरुप संस्थाको तर्फबाट महासचिव डा.विशाल गुरुङले 'तमु प्रतिभा पुरस्कार-२०२४' घोषणा गरेका थिए। उक्त पुरस्कारबाट यो बर्ष राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ (धादिङ) र प्यारा ग्लाइडर युकेश गुरुङ (कास्की) लाई प्रदान गरिने घोषणा भएको छ। पुरस्कार राशि ५० हजार रुपैयाँ रहेको छ। पुरस्कार हरेक वर्ष मनाइने ल्होछार कार्यक्रममा वितरण गरिने तमु धीं यूकेले जनाएको छ । फ्रेंसी पत्रीका ' तमु धिंको मुखपत्र' को पायोनियरको रुपमा धेरै लामो समय काम गरि आएका सल्लाहकार रोहित गुरुंग लाई विशेष पुरस्कृत गरियो।

तमु धीं यूकेको मुखपत्र ‘फ्रेसी’ प्रमुख अतिथि,विशेष अतिथिद्वारा लोकार्पण भएको थियो। मिनप्रसाद गुरुङको परिकल्पना रहेको गीत वरिष्ठ समाजसेवी तथा शिक्षाविद् एकेन्द्र गुरुङले लेखेको ल्होसार रजत महोत्सवको गीत पनि सार्वजनिक गरिएको थियो।

प्रमुख अतिथि दुवाडीले ल्होछार रजत महोत्सवको शुभकामना सन्देश दिँएको सो कार्यक्रममा विशेष अतिथि तमु धीं नेपालका अध्यक्ष हुम गुरुङले तमुहरूको मौलिकता बिध्दमान राख्न तमुधि युकेले  गरेको प्रयासको प्रशंसा गरेका थिए। उनले‘हाम्रो मौलिकता हराउँदै गएको छ यसलाई हामी एकजुट भएर, बलियो तमु बनेर हिड्न प्रयास गर्नु पर्छ,’ उनले भनेका थिए। 


गैर आवासीय नेपाली संघ उपाध्यक्ष डा. हेमराज शर्माले राज्यले गर्नु पर्ने काम तमु धीं यूकेले गरिरहेको बताएका थिए। शुभकामना दिनेहरूमा जापानबाट आएका उपाध्यक्ष अर्मन गुरुङ,तमुँ ट्होह्यूला हङकङका भुपू उपाध्यक्ष गणेश गुरुङ,संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ,तमु प्हेल्हू संघ यूकेका अध्यक्ष क्या. रि. डेमबहादुर गुरुङ र एनआरएनए यूकेका अध्यक्ष हितकाजी गुरुङ थिए। प्रमुख संयोजक उपाध्यक्ष कमल गुरुङले कार्यक्रमबारे प्रस्ट पारेका थिए भने। नयाँ अध्यक्ष जुमकाजी गुरुड्ग र निवर्तमान अध्यक्ष हरि गुरुड्ग दुवैले आ-आफ्नो मन्तव्य राखेका थिए।

नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेनेलगायत एक दर्जन बढी पत्रकारको उपस्थिति रहेको थियो। मेयर जित रानाभाट र यूके भरिकै विभिन्न पर्टीका काउन्सिलरहरूको बाक्लो उपस्थिति रहेको सो कार्यर्रम धर्म गुरुहरू र विभिन्न संघसंस्थाका २०० आमन्त्रित पाहुनाहरुको उपस्थितीले कार्यक्रमको शोभायमान भएको थियो।

नेपालबाट आएका कलाकारहरू राजबहादुर गुरुङ,आश्रम गुरुङ,सज्जा चौलागाईं र ब्यान्डसहित तृष्णा गुरुङले सांगीतिक धमाका मच्चाए। गुरुङ मौलिक पोसाकमा सजिएका गुरुङ,गुरुङसेनी र गैर गुरुङ समुदायले हल खचाखच भरिएको थियो।

कल्चरल सेक्रेटरी साधुराम गुरुङको सक्रियतामा साँझ रमाइलो बनेको थियो । विभा गुरुङ,सूर्य गुरुङ,योगेश गुरुङ र हेलिसा गुरुङले उद्घोषकको काम गरेका थिए । कार्यक्रमका सहभागी करिब १५०० जनालाई गोर्खा प्यालेस रेस्टुरेन्टले खानाको बन्दोबस्त गरेको थियो।


भव्य कार्यक्रमलाई चुस्तदुरुस्त बनाउनका संस्थाका विभिन्न तह र तप्कामा रहेका व्यक्तिहरूको साथ र सहयोग रहेको थियो। दिलरास गुरुङ स्पोन्सर ग्रुपको संयोजक थिए। कल सेन्टर र भाङ्‌ग्रा संयोजकमा संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ थिए। यस्तै मिडिया संयोजकमा एसके कुमार गुरुङ, गेस्ट संयोजकमा उपाध्यक्ष पर्शुराम गुरुङ,स्टेज तथा हल डेकुरेसनको मेन संयोजकमा तमु धींको लन्डन इकाई र संयोजकमा ले.कुशन गुरुङ थिए।


यसैगरी,यातायाततर्फ संस्थाका सल्लाहकार शन्तकुमार गुरुङ,टिकट तथा राफल संयोजकमा कोषाध्यक्ष दिलमाया गुरुङ,कल्चर संयोजकमा सांस्कृतिक सचिव शाधुराम गुरुङ,साउन्ड-म्युजिक संयोजकमा सल्लाहकार सपन राई,खाना तथा पेय पदार्थको संयोजकमा तमु धीं यूकेका ट्रस्टी सूर्य गुरुङ,सुरक्षा संयोजक सल्लाहकार ले.मुक्तिजङ गुरुङ थिए।सहजीकरण तथा एप्रिसिएसन समिति संयोजकमा संस्थाका सल्लाहकार ले. चन्द्रबहादुर गुरुङ, राफल संयोजकमा सन्ध्या गुरुङ र टिम, प्राथमिक उपचारमा लन्डन इकाई अध्यक्षसहितको टिम तथा कार पार्किङमा पनि लन्डन इकाईले नै संयोजनको भूमिका निभाएका थिए।

कार्यक्रम सफलताका लागि करिब ७० संघसंस्था र व्यक्तित्वहरूले आर्थिक प्रयोजन गरेका थिए। राफलको पहिलो र दोस्रो पुरस्कार न्यु लक्ष्मी ज्वोलर्स अल्डरसटले प्रयोजन गरेको थियो। तेस्रो पुरस्कार कृष्ण ज्वेलर्स साउथ ह्यारोले प्रायोजन गरेको थियो।यस्तै,प्लेटोनियम १ हजार पाउन्ड दिनेमा सूर्य गुरुङ,पूर्ण र नवीन गुरुङ,ईश्वर गुरुङ, लक्ष्मी राई, कमल गुरुङ र सन्त गुरुङ थिए।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?