१५ पुष, २०८१
सुरक्षा सरोकारबाट,
काठमाण्डै। सेवानिबृत्त हुन भएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई आज काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ।
बिदाई समारोहलाई सम्बोधन गर्नुहुदै प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले राष्ट्र र नागरिकको सेवाको खातिर नेपाल प्रहरी संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने आफू मातहत सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रति कृतज्ञता व्यक्त गर्नुभयो।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिनका साथै संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उहाँले उल्लेख गर्नु भयको थियो।
प्रहरी अतिरिक्त महानिरीक्षक बर्ज्राचार्यले आगामी दिनमा समेत संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक सेवा निबृत्त प्रहरी कर्मचारीले समेत नेपाल प्रहरी संगठनलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।