१७ पुष, २०८१
आर के त्रिपाठी लेख्छन् -
नेपालको संवृद्धि र दिगो विकाश कांग्रेसले नै गर्ने हो।अन्य राजनैतिक पार्टीबाट यो कार्य संभव देख्दिन।स्टन्ट बाजी र लोकरिझ्याईंले गर्दा जनताले कहिले काहीं चुनाबको बेला मतदान गर्दा बाटो बिराएको देखिन्छ।कांग्रेस नयाँ सोच,बिचार,सक्रियता,योजना र नयाँ नेतृत्वको साथ कार्यकर्ता र जनता माझ आउँदैछ।अब कांग्रेस नयाँ ढङ्गले हिड्छ। विगतमा छिटपुट कमि कमजोरी भएका छन्। हामीले विगतका कमजोरी र अभ्यास बाट पाठ सिक्दै अघि बढ्नु पर्दछ।
हजुर बुबाले,बुबाले पढेनन्,केहि गरेनन् बुझेनन्, विगारे,अलपत्र पारे भनिरहने होइन/ हजुरबुबा,बुबा लाई गाली गलौज गरिरहने पनि होइन।अब छोरा नातीहरुले राम्रो गर्ने हो।
पूर्खाले देश निर्माण गरे।जन्म दिए,हुर्काए,बढाए,पढाए, पाठ सिकाए।अब छोरा,नातीहरुले आफ्नो र भविष्यको सन्ततीको लागी राम्रो गर्दै राम्रो देश र संवृद्धिको आकार कोर्दै नेपाल बनाउने हो। नेपाली कांग्रेस हिजो पनि राम्रै गर्न चाहेको थियो तर जब कांग्रेस सरकारमा गयो,तब चौतर्फी घेरावन्दी शुरु भयो।अब यस्तो हुनु हुँदैन।
स्वर्गीय विपी कोइराला सदैव बौद्धिकहरुलाई कदर गर्नु हुन्थ्यो।सल्लाह लिनु हुन्थ्यो।उचित जिम्मेवारी दिनु हुन्थ्यो।देशको दिर्घकालीन योजना निती बनाउन सामेल गराउनुहुन्थ्यो ।कांग्रेसको भविष्यमा आउने नेतृत्वले यहि पथ लिनु पर्दछ।
हो जनमानसमा निराशा छ,शाषनमा बेतिथी छ,भद्रगोल छ/हामीले यि सबै बेतिथी चिर्न,भद्रगोल हटाउने, जनभरोसा जगाउने एउटै मात्र आजको आवश्यकता भनेको भ्रष्टाचार निर्मुल र शुसाशन हो।
यहाँ एउटा सानो उदाहरण प्रस्तुत गर्न चाहन्छु। Plane मा उड्न टिकट किन्नु,Plane किन्नु र Plane बनाउनु समाजका अलग पक्ष हुन्।म बेला बखत Plane को टिकट किन्न सक्ने भएँ। हाम्रा केहि व्यापारीहरु Plane किन्न सक्ने भए तर स्वर्गीय वि पी कोइरालाले चाहेको,सोचेको कुरा भनेको देशले Plane बनाउने हो।हामी त्यता तर्फ कहिल्यै लम्किएनौं।
नेपालमा प्रजातन्त्र,प्रजातन्त्र मात्र भनियो। प्रजातन्त्र भनेको भोट हाल्ने,शाषन हातमा लिने व्यवस्था मात्र होइन।प्रजातन्त्र भित्र त व्यक्तिको दायित्व पनि Allocate हुनु पर्दछ।यो दायित्व पनि Right Man In Right Place हुनु पर्दछ।
आविष्कार बिना उद्योग संभव छैन।उद्योग विना उत्पादन संभब छैन।उत्पादन बिना आन्तरिक उपभोग र निर्यात संभब छैन।निर्यात बिना व्यापार घाटा न्युनिकरण संभब छैन।उद्योग त केबल Innovation बाट मात्र संभब छ। Innovation त केबल बौद्धिक पढेलेखेका बाट मात्र संभव छ।तसर्थ नेपाल अब उत्पादन बढाउने वा भनौं Industrial Revolution गर्ने पथमा लम्कन् पर्दछ।
उद्योग भनेको कृषी उद्योग,पर्यटन उद्योग,लत्ता कपडा उद्योग,व्यक्तिगत प्रयोगको सामान Commodities बनाउने उद्योग,IT उद्योग,जलश्रोत उद्योग,सिंचाई उद्योग,जल स्थल र हवाई मार्ग उद्योग,Electric Motor उद्योग युगमा प्रवेश गर्नु पर्दछ।
उद्योग ठूलो मात्रै हुनु पर्दछ भन्ने छैन। यि कार्यहरु साना साना साना Scale बाट सुरुवात गर्नु पर्दछ।यो सबै सुरुवातको लागी नेपाली कांग्रेस पार्टीको लागी शाषकिय बहुमतको आवश्यकता छ।यसको लागी नेपाली जनताले २०८४ को निर्वाचनमा नेपाली कांग्रेस पार्टिलाई भोट दिएर बहुमत साथ सिंहदरबारको शाषनमा पुऱ्याउन जरुरी छ।
मलाई लाग्दछ यदि नेपाली जनताले २०८४ को निर्वाचनमा नेपाली कांग्रेसलाई बहुमत दिएनन् भने नेपालको दिगो विकाश र संवृद्धि धकेलिन्छ।आखिर दुःख पाउने जनता नै हुन्। यता तर्फ जनता सतर्क हुन जरुरी छ।