१९ पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लन्डन। लन्डनस्थित नेपाली राजदूतावासले बेलायतमा रहेका नेपाली संघसंस्थाहरुलाई आफ्नो ताजा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ।
नेपाली राजदूतावासले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमहरु तथा समुदायसँगको सहकार्यमा हुनसक्ने राष्ट्रिय हित एवं प्राथमिकताका अन्य गतिविधिमा नेपाली डायस्पोराको अधिकतम परिचालनका लागि संघसंस्थाको विवरण ‘अपडेट’ गर्न आवश्यक भएको महसुस गरि संस्थाको ताजा डाटा उपलब्ध गराई दिन एक सूचना लेखी ताजा डाटा उपलब्ध गराईदिन अनुरोध छ।
‘संयुक्त अधिराज्यमा हाल क्रियाशील रहेका नेपाली संघसंस्था,संगठनहरुको विवरण आवश्यक भएकाले देहायको लिंकमा गइ ०७ जनवरी २०२५ भित्र आ–आफ्नो विवरण अद्यावधिक-उपलब्ध गराउनु हुन सम्बन्धित सबैमा अनुरोध छ’, दूतावासको सूचनामा जारी गरेको छ।
‘नेपाली राजदूतावास लण्डन नेपाली संघसंस्थासंग ताजा अपडेट गरेर सहकार्य गर्न उत्सुक रहेको बुझिएको छ। समुदायबाट रचनात्मक सुझाव सल्लाह केही भए हामी सहर्ष स्वीकार्छौं’,कार्यवहाक राजदूत विपिन दुवाडीले बताउनु भएको छ।
विवरण अपडेटका लागि यहां क्लिक गर्नुहोस्-
https://uk.nepalembassy.gov.np/notice-on-organization-registration/