Wednesday July 16, 2025

चर्चित कन्दरा ब्याण्डको टोलीसँग गोर्खा प्यालेसमा ‘मिट एन्ड ग्रिट’

२० पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1301


चर्चित कन्दरा ब्याण्डको टोलीसँग गोर्खा प्यालेसमा ‘मिट एन्ड ग्रिट’

शीतलपाटीन्युज डटकम।
लन्डन। सांगीतिक प्रस्तुतिका लागि बेलायत उत्रिएको चर्चित ब्यान्ड कन्दराको टोलीसँग फार्नबोरोस्थित गोर्खा प्यालेस रेस्टुरेन्टमा ‘मिट एन्ड ग्रिट’ कार्यक्रम सम्पन्न भएको छ। 

शुक्रबार बिहानको ब्रेकफास्टसहित भएको कार्यक्रममा बेलायतका विभिन्न संघसंस्थाका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो।

ब्यान्डका संस्थापक तथा गायक विवेक श्रेष्ठ,तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ,एनआरएनए आईसीसीका सदस्य दिलराज गुरुङ,एनआरएनए यूकेका पूर्वअध्यक्ष पुनम गुरुङ, तमु धीं यूकेका पूर्वअध्यक्ष कमल गुरुङ,उपाध्यक्ष कमल गुरुङ, सहारा यूकेका पूर्वअध्यक्ष कुमार गुरुङ,तमु धीं जापानका उपाध्यक्ष अरमान गुरुङलगायत उपस्थित थिए। 


यस्तै आयोजक टोली, कलाकारहरू राजबहादुर गुरुङ,सपनकुमार राई पनि उपस्थित थिए। सो अवसरमा कन्दरा ब्यान्डलाई कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रमको होस्ट गोरखा प्यालेसका प्रोप्राइटर तथा एनआरएनए आईसीसीका सल्लाहकार सूर्य गुरुङले गरेका थिए।

कन्दराले सन् २०२५ को विश्वव्यापी सांगीतिक यात्रा बेलायतबाट सुरु गर्दै छ। जसअनुसार कन्दराले शनिबार (४ जनवरी) लन्डनको विश्व प्रतिष्ठित ऐतिहासिक कन्सर्ट हल ‘इन्डिगो एट द ओटु’ विशेष प्रस्तुति दिँदै छ । विश्व यात्रामा निस्किएको कन्दराको लन्डन सो परदेशमा पहिलो प्रस्तुति हुनेछ।  
साभार-गोर्खा मिडीया।



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?