२० पुष, २०८१
शीतलपाटीन्युज डटकम।
लण्डन। पोखरामा पल्लो घरको दाई ब्रिटीष सेनामा हुनुहुन्थ्यो। समय समयमा हेभीकेट लिएर घर पुग्दा धेरै कुरा ल्याएको भान हुन्थ्यो। मेरा छोराछोरीहरुले देखेका हुन्थ्ये र सोध्थ्ये। बाबा हाम्रो यस्तो बक्स आउदैन र?
म पनि प्रहरी अधिकृत भएकोले मैले परिवारलाई राम्रै गरी राखेको थिए। समयले कोल्टो फेर्यो। पेन्सन पाकेर म पनि लण्डन आई पुगे।यहा आउना साथ नागरिकता निरन्तरता,एनआरएन नागरीकता,दोहोरो नागरीकता भन्ने नारा जुलुस,दवाबका अवस्था देखियो। अब मेरो बाटो के हो त राम्रो भन्ने मलाई लाग्यो।मैले जान्दासम्म ब्रिटीस सेनामा बाहेक परदेशीने नेपाली कमै लाग्थ्यो। अहिले ८० लाख नेपाली बिदेशमा भएको डाटा आईरहेको छ। कानुन बिश्व मै एउटै हो। बिदेशीलाई काम गर्न दिने गरेको देशको काम गर्ने इजाजतको पेपर लिनै पर्ने नियम छ। ब्रिटीशबाट काम गर्ने पेपर पाए पनि अमेरीकाबाट ग्रीन कार्ड पाए पनि यी डकुपेन्ट काम गर्न पाउने वर्कपरमीटको पेपर हो।यो नपाएसम्म बिदेशमा काम गर्न पाईदैन।
बिदेशी पासपोर्ट, पिआर,आईएलआर, ग्रीनकार्ड जे जे होस सबै काम गर्न दिने बर्कपरमीट हो भनेर नेपालले चिन्यो भने सबै भन्दा राम्रो।८० हजार नेपाली बिदेशीयको अवस्थामा कोही नेपाली घर फर्क्यो भने सबै भन्दा उचित त्यो हुन्छ।देश खाली हुनै लागेको बेला मोटीभेसनल कुराहरु समाबेश गरेर नेपालीलाई नेपालै फर्कने योजना बनाऔ।नया कानुन बनाएर आफ्नै नागरीकलाई रोकेर टाउको दुखाई गरौ र? नगरौन ल?
एउटा अमेरीका बसेका नेपालीको अनुभव र योजना मलाई चित्त बुझ्यो। उनी हुन बासुदेव घिमिरे। उनको बर्णन यो छ।
लिंक-
म पनि के भन्न चाहान्छु भने, नेपालमा घरेलु उद्योगमा बुनेको कपडा अमेरीका,युके बसेका नेपालीले बिबाह ब्रतबन्ध जस्ता महत्वपुर्ण समारोहमा लगाएर रमाईलो गर्छन तर नेपाल मै बसेको नेपालीले यी सामाजीक कार्यमा जापानमा बनेको,थाईलैण्ड,भारत,चाइनामा बनेको लगाएर ठाट पारेको देखिन्छ।यहा नेर सरकारले नियम वनाएर आफ्नै उत्पादन प्रयोग गर्ने बाताबरण सृजना गर्न कसो होला?
हामी त मानव अधिकार अवलम्वन गर्ने राष्ट्रको नागरीक हो रे।दैनिक जुलुस नारा गरेर राष्ट्र ध्वस्त पारेका नागरीक हौ कि भन्ने भैरहेका छौ हामी। त्यसैले हामी कृषि प्रधान देशका नागरिक हौ,उत्पादन गरेर खान सिकौ।पर्यटकिय देश हो,पर्यटकलाई माया गरेर कमाउन सिकौ। लण्डनमा भारतिय तरकारी खान्छौ,नेपाली तरकारी पनि भारतले जस्तै उत्पादन गरेर बेच्न सिकौ। नेपाली नेपाली नलडौ, मिलेर बिकास गरौ।नया बनाएर पैसा खर्च नगरौ,पुरानै नागरिकता चलाउन सर्कुलर गरौ।
लण्डनमा पनि बिशाल नेपाली पर्बको एउटा झाकी हेरौ-