Saturday February 08, 2025

लन्डन परेडमा आकर्षण बन्यो नेपाली कला संस्कृति प्रदर्सन,पायो तेश्रो पुरुष्कार

२१ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1166


लन्डन परेडमा आकर्षण बन्यो नेपाली कला संस्कृति प्रदर्सन,पायो तेश्रो पुरुष्कार

शीतलपाटीन्युज डटकम।
लन्डन। अंग्रेजी नयां वर्ष २०२५ को पहिलो दिन बुधबार सेन्ट्रल लन्डनमा आयोजना हुने एक परेडमा नेपाली समुदायले पनि सहभागिता जनायो। सो सहभागितामा नेपालीहरुले आफ्नो कला,संस्कृति,भेषभुषा,नाच प्रस्तुत गरे।

रोयल बरो अफ ग्रीनवीचको आयोजना र मेयर जीत रानाभाटको नेतृत्वमा नेपाली समुदायले पहिलोपटक परेडमा भाग लिएको हो। परेडमा समाजसेवी श्रीचन्द्र गुरुङले नेपाली समुदायको संयोजन  गरेका थिए। लन्डन न्यू इयर परेडमा करिब १५० जना नेपाली आफ्नो जातीय,नेपाली मौलिक पोशाक र गरगहनामा सहभागी भएका थिए।

परेडका कमान्डर मेयर जीत रानाभाटले लण्डनको परेडमा नेपाली सांस्कृतिक विविधिता झल्काइएको मेयरले जनाउनु भयको छ। परेडमा नेपाली जातीय कला संस्कृति र भेषभूषा आकर्षणको केन्द्र बनेको र लण्डन  नेपालमय बनेको उहाले बताउनु भयो। परेडमा पासा पुचः गुथि यूकेले धिमे,ढाः र खिंग बाजाका साथ गाइजात्रामा प्रस्तुत गरिने घिन्ताङ घिसी नाच,लाखे नाच देखाउंदै कुमारी यात्रा समेत गरीयको थियो। सुशील प्रजापतिको संयोजनमा गुठीको सहभागिता भएको थियो।


परेडका समयमा पानी परेकोले पानीले बाजा भिजेर शुरुमा केही असहज भएपनि बाद्यबादन र परम्परागत नाच देखाइ मनोरन्जन दिलाईएको कुरा प्रजापतिले जनाउनु भयको थियो। गुथिबाट कार्यक्रममा सहभागी हुन करिब ६० जना आफ्नो नेवारी भेषभूषामा पुगेका थिए।अर्को टोली गोविन्द सापकोटाको संयोजनमा नौमति पन्चे बाजा थियो। साउथ इष्ट रिजनल तमुधिं लन्डनले सोरठी नाच देखाएको थियो भने थकाली समाज यूके,डायमण्ड बुद्धिष्ट सेन्टर यूके,मगर समुदायले पनि आफ्नो कला संस्कृति देखाएर नेपालको पहिचान दियका थिय।


परेडमा मेयर रानाभाटको यो वर्षको च्यारिटी बाउल क्यान्सर यूके र कमनवेल्थ एण्ड गोर्खा गार्डेन प्रोजेक्टका लागि डोनेसन समेत आव्हान गरिएको थियो। पिकाडेलीबाट रिजेन्ट्स स्ट्रीट,सेन्ट जेम्स्,पल मल,ट्राफलगर स्क्वायर हुंदै पार्लियामेन्ट स्क्वायर पुगेर समापन गरेको थियो। लण्डनको सो परेडमा विभिन्न समुदायका ७५ वटा समूहले प्रतिष्पर्धा गरेका थिए भने केही लन्डन बरोहरुले भाग लिएका थिए। लण्डनमा ई.स.नयाबर्ष मनाउने क्रममा नेपालीहरुको परेड पहिलो पटक भयकोले ऐतिहासिक भयको र ७५  वटा समुहको परेडमा नेपाली टीमले तेस्रो भयर पुरुष्कार समेत जितेको थियो।

तस्विर- याम गुरुङ

 



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?