Saturday February 08, 2025

क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने

२२ पुष, २०८१ शीतलपाटीन्युज डटकम। 1147


क्षेत्री समाज बेलायतको नयाँ नेतृत्वको लागि अप्रिलमा साधारण सभा हुने

शीतलपाटीन्युज डटकम।

लन्डन। क्षेत्री समाज बेलायतको  नयाँ नेतृत्वको लागि आगामी अप्रिल ५ तारिख साधारण सभा हुने भएको छ । गत डिसेम्बर १६ मा बसेको बैठकले अल्डरसटमा ९ औं साधारण सभा गर्ने निर्णय गरेको हो। उक्त साधारण सभाले २०२५ –२७ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ। कार्यसमिति चयन गर्न समाजले विधान अनुरुप तीन सदस्यीय समिति समेत गठन गरिसकेको छ।

निर्वाचन समिति सदस्यहरुमा समाजका सल्लाहकार डा.राम अधिकारी,समाजका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार रि.क्याप्टेन धन कुंवर र समाजका पूर्व अध्यक्ष तथा सल्लाहकार यज्ञ क्षेत्री छन्। साधारण सभामा वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा समाजको तर्फबाट भए गरेका आर्थिक एवं सांगठनिक प्रतिवेदनबारे छलफलपछि अनुमोदन गराइने योजना छ।

बैठकले उक्त साधारण सभामा समाजका सबै सदस्यहरुलाई सहभागी भइ कार्यसमितिले गरेका कामको अनुमोदन, सल्लाह–सुझाव साथै नयाँ कार्यसमिति निर्माण गर्ने कार्यमा सभागी हुन आव्हानसमेत गरेको छ।

बैठकले पन्जीकृत रहेका आवधिक सदस्यहरुलाई आफ्नो सदस्यता अद्यावधिक गराउन र समाजको सदस्य बन्न चाहनेलाई सदस्यता लिन पनि आव्हान गरको छ।
सदस्यता अध्यावधिक गर्न र नयाँ सदस्य बन्न चाहनेहरुले क्षेत्री समाज बेलायतका महासचिवको इमेल- [email protected] 
अथवा उपाध्यक्षको इमेल [email protected] मा सम्पर्क राखी सन् २०२५  मार्च २० तारिख भित्र आफ्नो सदस्यता कायम गरिसक्नुपर्ने क्षेत्री समाज बेलायतले जनाएको छ।
उपरोक्त विषयमा अन्य विस्तृत जानकारी आवश्यक परेमा निम्न इमेलमा  सम्पर्क गर्नुहुन समाजले आग्रह आग्रह गरेको छ।
इमेल: 
अध्यक्ष :[email protected]
उपाध्यक्ष – [email protected] ,
महासचिव – [email protected]
मिडिया साचिव – [email protected]



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?